काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले वातावरण तथा जलवायु संरक्षणमा युवाहरूको भूमिका अपरिहार्य रहेको बताएका छन्। क्रिएशन संस्थाले आइतबार जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा कार्यक्रमको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरूको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए।निरन्तर चुरे क्षयीकरण हुँदा मधेश प्रदेश प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले चुरे संरक्षणका साथै वा