नेपालका एक प्रतिष्ठित उद्यमी हुन्, सतिशकुमार मोर । नेपाल उद्योग परिसंघका अध्यक्ष मोर यतिखेर निषेधाज्ञाका कारण घरमै छन् । कोरोनाभाइरस (कोभिड– १९)को महामारीका कारण लगाइएको निषेधाज्ञामा उनको दैनिकी फेरिएको छ ।
कहिलेकाहीँ उच्चस्तरीय छलफलका लागि भने उनी घरबाहिर निस्कन्छन् । प्रधानमन्त्री, मन्त्री वा सचिवहरूसँग छलफलका लागि बाहिर निस्कने गरेको उनले बताए ।
निषेधाज्ञाले अर्थतन्त्रलाई असर पारेको भएपनि घरमा बस्नुको आनन्द भने बेग्लै रहेको उनको अनुभव छ । ‘निषेधाज्ञाले आफैंलाई चिन्ने अवसर पनि दिएको छ,’ उनी भन्छन्,...