ग्राहकलाई व्यवसायीक बनाउन निर्धनको पन्छी तालिम

भैरहवा– निर्धन उत्थान तथा लघुवित्त वित्तिय संस्थाले पन्छी पालन गर्दै आएका ग्राहक सदस्यलाई व्यवसायीक तालिम प्रदान गरेको छ ।  संस्थाको भैरहवा शाखाअन्तर्गत सञ्चालित केन्द्र र समूहबाट छनोट गरी पन्छी पालन गरिरहेको ३० जना ग्राहकको स्तर उकास्दै व्यवसायीक बनाउनका लागि तीन दिने व्यवसायिक पन्छी पालन तथा पुनर्ताजगी तालिम दिइएको हो ।  निर्धन नक्साल काठमाडौंको आयोजना र संस्थाको […]

सम्बन्धित सामग्री

नेपालमा रोयल इनफिल्डको अत्याधुनिक ट्रेनिङ सेन्टर, ग्राहकलाई पनि बाइक मर्मत तालिम

काठमाडौं । अल्फा अटोमोटिभले ट्रेनिङ सेन्टर संचालनमा ल्याएको छ । प्रिमियम ब्रान्ड रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फाले बिहीबारदेखि ललितपुरको बालकुमारीमा ट्रेनिङ सेन्टर संचालनमा ल्याएको हो । मोटरसाइकल मर्मतका लागि प्राविधिकहरू तयार गर्नुका साथै बिक्रीपछिको सेवालाई अझै उत्कृष्ट बनाउने उद्देश्यले उक्त ट्रेनिङ सेन्टर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्डको नेपालमा यो […]

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन

काठमाडौं– महिन्द्रा पावरोल डिजेलले सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो । अन्य सहभागीमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिक थिए । कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ […]

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन

काठमाडौं– महिन्द्रा पावरोल डिजेलले सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो । अन्य सहभागीमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिक थिए । कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ […]

‘भेटायो’ एपः घरमै आएर गाडी धुनेदेखि घरमै पार्लरसम्मका १४ सुविधा

काठमाडौँ उपत्यकामा मानव जातीको बसोबास बाक्लिँदो छ । काठमाडौँबाट सेवा सुविधाहरु देशका अन्य सहर तिर फैलिने क्रम बढिरहेको भएपनि काठमाडौँमा मानिसको चाप दिनानोदिन बढिरहेकै छ ।काठमाडौँ उपत्यकामा निजी घर बनाएर बस्ने सपना सबैको हुन्छ । सपना पूरा गर्नकै लागि देशका कुनाकुनाबाट मानिसहरु काठमाडौँलाई कर्मथलो बनाउन आइरहेकै छन् । तर, घर बनाएर मात्रै हुँदैन । घरमा आइपर्ने दैनिक समस्याको समाधान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जस्तो, कहिले घरको धारा बिग्रिन्छ, कहिले घर पूरै सफा गर्नुपर्छ, कहिले कपडा धुनुपर्छ, कहिले पूरै घरमा रङ (कलर) लगाउनुपर्छ । एउटा घर भइसकेपछि आइपर्ने यी दैनिक कामहरु हुन् ।तर, एकै ‘क्लिक’मा वा एउटै ‘प्लेटफर्म’बाट यी सुविधा पाउन मुस्किल छ । यद्यपी, असम्भव भने छैन । किनभने, अब वेभसाइट र मोबाइल एप्स दुबैबाट सहजै सेवा लिन सकिने घरेलु सेवा प्रदायक ‘भेटायो’ आइसकेको छ । भेटायोबाट प्लम्बिङदेखि लन्ड्री र ‘भेहिकल क्लिनिङ’ सम्मका सुविधाहरु उपलब्ध हुँदै आएका छन् ।के हो ‘भेटायो’ ?भेटायो एउटा स्टार्टअप कम्पनी हो । भेटायोकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अंशु शाक्य भेटायोलाई ‘अनलाइन सर्भिस प्लेटफर्म’को रुपमा चित्रण गर्छिन् । फ्ल्याट, घर, होटल, रेष्टुरेन्ट, व्यवसायिक भवनहरुमा जुनसुकै खालको ‘मेन्टेनेन्स’का कामहरु गर्नुपरेमा ‘भेटायो’बाट सहजै त्यस्ता प्रावधिक झिकाउन सकिन्छ ।सन् २०१६/०१७ देखि वेभसाइडमार्फत अर्डर लिएर घर तथा व्यवसायिक भवनसहित होटल तथा रेष्टुरेन्टहरुमा मेन्टेनेन्स सम्बन्धि सुविधा उपलब्ध गराउँदै आएको भेटायोले गत वर्षबाट भने मोबाइल एप्समार्फत पनि बुकिङ लिएर सुविधा प्रदान गर्न सुरु गरेको हो ।भेटायो मोबाइल एप्स प्ले स्टोर र एप्पल स्टोर दुबैमा उपलब्ध छ । ‘भेटायो’ नाम कसरी रह्यो ? यस सम्बन्धमा भने सीईओ शाक्य नेपाली नाम, सुन्दा ‘क्याची’ र केही चिज पाएपछि खुशी हुने मानिसको स्वभाव हुने भएकाले मानिसलाई सेवामार्फत प्रशन्न राख्न ‘भेटायो’ नाम राखिएको बताउँछिन् ।के के छन् सुविधा ?भेटायोमा अहिले १४ प्रकारका सुविधा उपलब्ध छन् । सुरुमा प्लम्बिङ सेवाबाट सुरु भयो भेटायो अहिले ‘प्याकेज’मा सबै खालका सेवा अनलाइनमार्फत उपलब्ध गराउने स्टार्टअपबाट ‘कर्पोरेट’ बनिसकेको छ ।आफूसँग गाडी छ तर, चलाउने ड्राइभर छैन भने ड्राइभरदेखि घरमा पालेको कुकुरको हेरचाह सम्मका सुविधा यहाँ उपलब्ध छन् । यस्तै, घरमै आएर गाडी धुने, लन्ड्री सर्भिस, घरमै आएर पार्लरको सुविधा दिने, मेकअप गरिदिने जस्ता सुविधा भेटायोमार्फत उपभोग गर्न सकिन्छ । प्राविधिक आवद्ध हुँदा पैसा नलाग्ने, ‘फिल्ड भिजिट’ पनि निःशुल्कभेटायोमा प्लम्बिङ, क्लिनिङ, लण्ड्री लगायतका क्षेत्रमा ज्ञान भएका जनशक्तिहरु आवद्ध हुँदा कुनै शुल्क लाग्दैन । यति मात्रै नभई, आफूलाई कुनै सीप सिक्न मन लागेको छ भने भेटायोले सीप पनि सिकाउँछ र भेटायोमा नै आवद्ध गराउँछ । ‘हामीले तालिम दिएका बाहेकका कोही हामीसँग आवद्ध हुन चाहानु भयो भने हामी उहाँहरुको सर्टिफिकेट हेर्छौँ, उहाँहरुको सीप क्षमता हेर्छौँ’ सीईओ शाक्य भन्छिन्, ‘राख्ने भनेर डेलिभरी दिन नसक्ने मान्छे राख्ने कुरा पनि त भएन नि ।’तर, यसरी जनशक्ति आवद्ध हुँदा भेटायोले कुनै पनि शुल्क लिँदैन ।सँगै, कसैले कुनै कामको लागि भेटायोमा जनशक्ति माग गर्दा भेटायोमा रहेका ‘भेटायो असिस्टेन्ट’हरुले अर्डर गर्ने ग्राहकलाई उतैबाट फोन गर्छन् र अर्डर कन्फर्म गर्छन् । त्यसपछि अर्डर गर्ने ग्राहकले सुनाएको समस्या अनुसार ग्राहकको ठेगानामा समस्या पहिचानका लागि भेटायोबाट प्राविधिक खटिन्छन् । ग्राहकले भनेको भन्दा फरक खालको समस्या देखियो भने पनि त्यसरी समस्या पहिचानका लागि फिल्डमा खटिएका जनशक्तिलाई ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन ।समस्या पहिचान भएपछि दक्ष जनशक्ति आएर काम गर्छन् । काम सकिएपछि मात्रै शुल्क तिर्नुपर्छ । यति घण्टा वा यति समयका आधारमा नभई काम सम्पन्न भएपछि मात्रै शुल्क तिर्नुपर्छ । समस्या अनुसार एउटा ‘स्ट्याण्डर्ड प्राइस’ एप्समै पनि राखिएको हुन्छ ।तर, सामान नै फेर्नुपर्ने रहेछ भने सामानको शुल्क तिर्नुपर्छ । यसमा पनि भेटायोबाटै सामान ल्याएर जडान गर्ने र उपभोक्ता आफैँले ल्याएर भेटायोका प्राविधिकमार्फत जडान गराउन सक्ने विकल्प छ । कसरी रजिष्टर्ड गर्ने ?एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट भेटायो डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरिसकेपछि इमेल आइडी वा मोबाइल नम्बर राखेर ‘रजिष्टर्ड’ गर्नुपर्छ । रजिष्टर्डका लागि ६ अंकको पासपोर्ट राख्नुपर्छ । एकपटक पासपोर्ट राखेपछि सेभ भइरहन्छ ।अहिले काठमाडौँ उपत्यकामा केन्द्रित रहेको भेटायोको सुविधा निकट भविष्यमा काठमाडौँ बाहिर पनि पुग्ने लक्ष्य लिइएको सीईओ शाक्य बताउँछिन् ।भेटायोमा अंशु शाक्य र रोशनमान महर्जनसहित ४ जना युवाहरुको लगानी साझेदारी छ ।तिहारमा ५८ सयमै घरमा झिलिमिलि बत्तीभेटायो एपले तिहारमा उत्सव मनाउन भन्दै “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ५ हजार ८ सयमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।एपका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने छ । भेटायोले आफैँले सिमित दिनको लागि २ हजार एलईडी बत्ती जडान गरिदिने छ । बुकिङ अवधि सकिएपछि बत्ती निकालेर लैजानेछ ।सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५ प्रतिशत छुटकोे व्यवस्था गरिएको छ । सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५ प्रतिशतसम्म छुट बाहेन तिहारको अवसरमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी थप ५ प्रतिशत छुट पाउन सकिन्छ ।

पोखराका महिला उद्यमी भन्छन् : ‘सरकारको कमजोरीले व्यवसायमा सकस’

वैशाख ३, पोखरा । पोखराका महिला उद्यमीहरुले राज्यले व्यवसायी तथा उद्योगमैत्री वातारण बनाउन नसकेको बताएका छन् । शुक्रवार पोखरामा न्यू विजनेश एज प्रालि र पोखरा उद्योग वाणिज्य संघले संयुक्तरुपमा आयोजना गरेको ‘वित्तीय साक्षरता तथा महिला उद्यमशिलता’ विषयक कार्यक्रममा सहभागि उद्यमी महिलाहरुले उद्यमशितलाका लागि आवस्यक नीति निर्माण,प्रविधिको प्रयोग, बैकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच र बजार प्रबर्दनलगायतमा राज्यको तर्फबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका हुन् । कार्यक्रममा महिला उद्यमी गिता लामिछानेले राज्यको नीति र कार्यक्रम उस्साहित गर्ने खालको भएपनि वास्तविक उद्यमी महिलाहरुले राज्यको प्रक्रिया पूरा गरेर सहयोग पाउन नसकेको बताइन् । उनले भनिन्, ‘राज्यले महिला उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न कार्य कार्यक्रम ल्याएको छ ।  तर, ती कार्यक्रम पर्याप्त छैनन् । ल्याइएका नीति तथा कार्यक्रममा पनि उद्यमी महिलाहरुको पहुँच पुगेको छैन । महिला उद्यमीलाई यस्ता नीति कार्यक्रमले सकारात्मक प्रभाब पार्न सकेको छैनन् । राज्यले लक्षित बर्गसम्म सहयोग पुग्ने गरी नीति निर्माण गर्न जरुरी छ ।’  उनले राज्यले महिलालाइ उद्योग ब्यवसायमा आकर्षित गर्ने खालका कार्यक्रमहरु नल्याएको बताइन । उनले भनिन,‘राज्यले महिलालाई उद्यम व्यवसायमा आकर्षित गर्न थप नीति कार्यक्रम ल्याउन आवस्यक छ । महिलालाई उद्यमी बनाएर स्वावलम्बि बनाउन राज्यने नीति निर्माणसंगै आर्थिक र प्रविधिक सहयोग गर्न आवस्यक छ ।’  लामिछानेले राज्यले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको भएपनि सहजरुपमा नपाएको गुनासो गरिन् । उनले भनिन, ‘राज्यले महिला उद्यामीका लागि सहुलतपूर्ण कर्जा, व्यवसायीक पुनर्उत्थान कर्जाहरुको ब्यवस्था गरेको छ । तर,यसमा महिला उद्यमीको सहज पहुँच छैन । विभिन्न व्यवधानले कर्जा पाउने अवस्था छैन । राज्यले यसलाई सहज बनाउन आवस्यक छ ।’ राज्यले महिलालाई उद्यमशीलताका लागि सहुलियत ब्याजदरमा कर्जा दिने बताए पनि अहिले बैंकहरुमा कर्जा पाउन सक्ने अवस्था नरहेको पनि उनको भनाइ थियो । त्यसैगरी अर्का महिला उद्यमी रजनी कोइरालाले मुलूकमा उद्योग व्यवसायमैत्री वतावरण नभएको बताइन । उनले राज्यका तर्फबाट महिला उद्यमीहरुले आवस्यक पर्ने ज्ञान,सीप र प्रविधिलगायतका वारेमा आवस्यक असहयोग नपाएको गुनासो गरिन् ।  उनले भनिन, ‘हामी महिला उद्यमीहरुले राज्यबाट उद्यम व्यवसायका लागि आवस्यक पर्ने ज्ञान,सीप, प्रविधिलगायतका सहयोग पाउन सकेका छैनौं । उद्योग सञ्चालन गर्नका लागि आवस्क कच्चा पदार्थ सहजरुपमा पाउन सक्ने अवस्था छैन । स्थानीयस्तरबाट कच्चा पदार्थ खरीद गर्दा लागत बढ्छ । बजारमा प्रतिष्पर्धा गरेर उत्पादीत वस्तु बेच्न सक्ने अवस्था छैन । छिमेकी राष्ट्र भारत र चीन पुगेर कच्च पदार्थ ल्याउन सक्ने अवस्थामा महिला उद्यामी छैनन् । त्यहाँसम्म पुग्नका लागि उनीहरुको ज्ञान र पहुँच छैन । यसमा राज्यबाट सहजीकरण गरिदीने वातावरणसमेत छैन ।’ महिला उद्यमीहरुले जेन तेन उत्पादन गरेका विभिन्न वस्तुहरुको समेत निर्यात गर्न सरकारबाट आवस्यक सहयोग नपाएको उनको भनाइ छ । उनले भनिन्, ‘उद्योगका लागि सहज र सरलरुपमा कच्चा पदार्थ पाउँने ठाउँसम्म महिला उद्यमीहरुको पहुँच छैन । स्थानीयस्तरबाट खरीद गरेको कच्चपदार्थले उत्पादन लागत महंगो पर्छ । बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । यस्तै अवस्थाका कारण मैले विगतमा उत्पादन गर्दै आएका केही उत्पादन नै बन्द गर्न बाध्य भएँ । राज्यबाट आर्थिक तथा प्राविधिक सहयोगसमेत नपाउँदा समस्या भएको छ ।’ विदेशी वस्तुसँग स्थानीय स्तरमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न गह्रो रहेको र स्वदेशमा उत्पादित सामग्रीको निर्यातका लागि समेत राज्यले सहजिकरण गरिदिनु पर्ने उनको भनाइ छ ।  अर्का उद्यमी बसन्त श्रेष्ठले महिला लक्षित उद्यमशीलता सम्बन्धी कार्यक्रमहरुले महिला उद्यमीको क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाब पर्ने भएकाले राज्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने बताइन् । उनले आआफू तनहुँको महिला उद्यमी रहेको बताउँदै महिलालाई उद्यमशीलता गर्न उत्प्रेरणा दिन यस्ता खालका कार्यक्रम तनहुँमा गर्न समेत आग्रह गरिन् । उनले सरकारले महिला उद्यमीका लागि सहुलियत पूर्ण कर्जाको व्यवस्था गरेपनि सहजरुपमा पाउन सक्ने वातावरण नभएको बताइन् । उनले भनिन, ‘सरकारले महिला उद्यमीका लागि सहुलियत ऋण कर्जा दिने व्यवस्था गरेपनि पहुँच नभएका महिलाले सहजरुपमा पाउने अवस्था छैन । कोभिडले थलिएका उद्यमी व्यवसायीलाई व्यवसायी .जीवन कर्जा सस्तो ब्याजमा दिने भनेपनि पाउने अवस्था छैन ।’  मुक्तिनाथ विकास बैकका क्षेत्रीय प्रबन्धक शंकर केसीले आर्थिक तरलताका कारण ऋण प्रबाहमा समस्या भएको बताए । उनले बैकहरुमा नियमित हुने निक्षेप घटेकाले व्यवसायीलाई ऋण दिन समस्या भएको बताए । बैकहरुमा निक्षेप वृद्धि हुन थालेपछि सवै किसिमका ऋण प्रबाह सहज हुने उनको भनाइ छ । महिला उद्यमी महासंघ नेपालका उपाध्यक्ष एवं स्रोत व्याक्ति बसन्ति प्रधानले महिलाले सफल उद्यमीको परिचय स्थापित गर्न आफूसँगै समाज रुपान्तरण गर्न सकेमात्र सार्थक हुने बताइन् । उनले भनिन, ‘महिला उद्यमी सफल व्यक्तित्वका रुपमा स्थापित हुन व्यवसायसँगै समाज रुपान्तरणमा योगदान गरेको हुनुपर्छ । समाज रुपान्तरणमा योजदान नभइ आफू मात्र सफल भएर सफल उद्यमीका रुपमा चित्रित भइदैन । सफल उद्यमी बन्न समाज रुपान्तरणसंगै आफू  सफल बन्नुहोस ।’ उनले व्यसायमा सफल बन्नका लागि ग्राहकको रुची अनुसारको उत्पादन, बजार अनुकुलको मुल्य, उच्च गुणस्तरलगायतमा उद्यमीले विषेश ध्यान दिनु पर्ने बताइन् । उपाध्यक्ष प्रधानले आफूले उत्पादन गरका सामग्रीहरुका वारेमा ग्राहकलाई छोटो प्रक्रियाबाट आकर्षक बनाउने विभिन्न सामग्रीको प्रयोगबाट ध्यान खिच्न सकिने समेत उल्लेख गरिन् ।  उनले व्यसायमा सफलता हासिल गर्नका लागि उच्च गुणस्तर,बजार मूल्य,आकर्षक प्याकिङ, डेलिभरी सेवा, बजारको अवस्यकता अनुसारको प्रचारप्रसारलगायतका वारेमा ध्यान दिन सहभागिलाई अनुरोध गरिन् । पछिल्लो समयमा बढ्दो प्रविधिलाई पच्याएर डिजिटल प्रविधिको प्रयोगमार्फत पनि उत्पादिन सामग्रीको विक्री बढाउन सकिने बताइन ।  न्य विजनेश एजका अध्यक्ष मदन लम्सालले नेपालमा व्यवसायीक क्षेत्रलाई सफल बनाउन र विशेष गरी महिला उद्यमीका उत्पादनलाई प्रबर्द्धन गर्ने खालका कायक्रमलाई सहयोग पुर्‍याउने उद्धेष्यले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।  उनले नेपालको ब्यवसायीक इतिहासमा महिला उद्यमशीलता ६०/ ७० वर्षमात्र भएकाले यसको थप प्रबर्द्धनका लागि संस्थाले विभिन्न खालका उद्यमशीतलालाई प्रबर्द्धन गर्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए । अध्यक्ष लम्सालले महिला उद्यमीहरुलाई एउटा मात्र व्यवसायमा केन्द्रीत नभइ व्यवसायीक सफलताका लागि विभिन्न क्षेत्रमा विज्ञसँग परामर्श गरेर थोरै भएपनि लगानी गर्दा राम्रो प्रतिफल पाउन सकिने बताए ।  उनले भने, ‘महिला उद्यमीहरुले समयसँगै प्रविधिको विकासलाई पच्याउदै आम्दानी गर्ने विभिन्न क्षेत्रमा विज्ञसँग राम्रोसँग ज्ञान हिसिल गरेर उच्च मुनाफा हुने क्षेत्रमा लगानी गर्न सक्नु हुन्छ ।अहिले आफ्नो उद्यमसंगै शेयर बजार, म्युचुअल फण्ड, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रहरुमा पनि विज्ञसँग तालिम लिएर सानो लगानी गर्न सक्नुहुन्छ । यसले तपाईंको व्यवसायी सफलतासँगै थप आर्थिक पक्षलाई बलियो बनाउँन सक्छ ।’  अध्यक्ष लम्सालले उद्यमी महिलाका लागि उद्योग व्यवसाय सञ्चालनका लागि आवस्यक पर्ने ज्ञान,सिपलगायत विभिन्न खालका समस्या रहेको बताउँदै बढ्दो प्रविधिको प्रयोगबाट आवस्यक ज्ञान हासिल गरेर अगाडी बढ्न सुझाव दिए । उनले भने, ‘व्यवसायीक सफलताका लागि हामीलाई आवस्यक ज्ञानको आवस्यकता छ ।संसारमा प्रतिधिको विकास भएपनि हामी पछाडी छौं । सफलताका लागि मेहनतसँगै प्रविधिको प्रयोग गरेर अगाडी बढ्न आवस्यक छ । पूँजीसँगै बजार र प्रविधिको प्रयोगमा ध्यान दिन आवस्यक छ ।’ कार्यक्रमका प्रमुख अतिथि युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सरकारले सानो लगानी मार्फत रोजगारी सृजना गर्ने अभियान थालेको बताए । उनले सानो लगानीमा उद्यम ब्यवसाय गर्ने युवा तथा महिलाहरुलाइ प्रोसाहन गर्दै आर्थिक समृद्ध बताउनका लागि सरकारले सरल ब्याजदरमा ऋण कर्जा प्रदान गर्दै आएको बताए ।  निर्देशक अधिकारीले युवा स्वरोजगार कार्यक्रम समाजवादी कार्यक्रम भएको बताउदै यसमा सर्वसाधारण जनताको पहुँचमा पुर्‍याउने बताए । उनले यस कार्यक्रम अन्तरगत १२ हजार युवायुवतीलाई स्वरोजगार बनाउने सरकारले योजना रहेको बताए । यस कार्यक्रम अन्तरगत युवालाई २ देखि १५ लाख रुपैयाँ सम्मको ऋण प्रदान गरेर स्वारोजगार बनाउने रहेको उनले बताए । निर्देशक अधिकारीले नेपाल समावेशीताका हिसाबले विश्वकै अग्रणी देश भएपनि उद्यमशीलताका क्षेत्रमा महिला निकै पछाडी परेको बताए ।उनले भने, ‘समाजेशीताका हिसाबले नेपाल विश्वकै अग्रणी देशमा पर्छ ।तर,नेपालमा महिलाहरुको उपस्थिति उद्यामशीलताका क्षेत्रमा कमजोर छ । उद्यमशिलतामा लाग्ने महिलाको संख्या बढाउन राज्यले पनि विषेश ध्यान दिनु आवस्यक छ ।’  उनले राज्यको उच्च तहमा रहेको ब्यूरोक्रेट र नीति निर्माण तहमा रहेकाहरुले समेत उचित भूमिका निर्बाह गर्न नसक्दा देशमा समस्या बढेको बताए । राज्यको उच्च ओहोदामा बस्नेले विषेश अध्यायन विनानै पोलिसी बनाउने र बनाइएका पोलिसीहरुको समेत कार्यान्वयन पक्ष कमजोर भएकाले समस्या देखिएको निर्देशक अधिकारीको भनाइ छ । उनले गलत पोलिसी र कार्यान्वयन पक्ष कमजोर रहेकाले विभिन्न क्षेत्रका उत्पादिन बस्तुहरुमा उत्पादक भन्दा बिचौलिया हाबी भएको बताए । निर्देशक अधिकारीले व्यवसायीक र कर्पोरेट क्षेत्रले गरेको योगदानका कारण देश चलिरहेको बताए ।  उनले भने,‘देशमा व्यवसायीक र कर्पोरेट क्षेत्रको योगदान महत्वपूर्ण छ । यिनीहरुकै योगदानले देशलाई ठूलो टेवा पुगेको छ । कुनै पनि पोलिसीको कार्यान्वयनका चरणमा ब्यूरोक्रेटले फाइदा मात्र हेर्दा समस्या भएको छ । पोलिसीको कार्यान्वयन गर्ने ठाउँमा रहेका ब्यूरोक्रेट र नीति निर्माण तहमा रहेका राजनीतिज्ञलाई आर्थिक साक्षरताका वारेमा आवस्यक ज्ञान नहुँदा समस्या भएको छ । उच्च तहमा भएकालाई पनि यस्ता आर्थिक साक्षरता सम्वन्धित कार्यक्रममा सहभागी गराउँदा केही परिवर्तन आउन सक्छ ।’  अहिले देश आर्थिक तरलतामा गुज्रीएकाले सरकार, बैंकर र नागरिक समेत सम्वेदनशिलत बन्नु पर्ने निर्देशक अधिकारीको भनाइ छ । उनले भने, ‘अहिले देशमा आर्थिक तरलता देखिएको छ । यस्तो अवस्थामा बैक तथा वित्तीय संस्थाहरुले ब्याज बढाएर फाइदामात्र लिन खोज्नु हुँदैन ।अहिले त सवै मिलेर एकले अर्कालाई सहयोग गर्नु पर्छ । बैंकले अहिलेकै ब्याज कायम गर्दा घाटानै हुने होइन । आखिर नाफा नै कम हुने हो ।विषेश अवस्थामा नाफा थोरै लिएर पनि योगदान गर्नु पर्छ । त्यस्तै जनताले पनि जीवन स्तरमा परिवर्तन ल्याउन आवस्यक छ । आम नागरिकले अहिलेको अवस्थामा विदेशी वस्तुको प्रयोग रोकेर स्वादेशमा उत्पादीत बस्तुको प्रयोग गर्नु पर्छ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले संघले व्यवसायीका विभिन्न समस्यामा सहयोग गर्दै आएको बताए । उनले ब्यवसायीलाइ आवस्यक पर्ने विभिन्न तालिहरु सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘हामीले व्यवसायीलाई आवस्यक पर्ने विभिन्न खालका तालिम सञ्चालन गर्दै आएका छौं । व्यवसायीसँग निरन्तर सहकार्य गर्दै अगाडी बढ्दै आएका छौं।’ अध्यक्ष कोइरालाले सरकारलाई ट्रेड बिजनेश र उद्योगलाई फरक - फरक कर लगाउन आग्रह गरे । उनले देशमा अहिले आर्थिक तरलता देखिएकाले बैंक तथा वित्तीय संस्थामार्फत मात्र आर्थिक कारोबार गर्न व्यवसायीलाई आग्रह गरे । अध्यक्ष कोइरालाले सरकारले स्वदेशमा उत्पादित विभिन्न वस्तुहरुलाई निर्यात गर्ने वातावरण निर्माण आग्रह समेत गरे ।

सबैको लघुवित्तद्वारा झिलिंगा बनाउने तालिम

काठमाडौं (अस) । तनहुँको बन्दीपुर नगरपालिका डुम्रेमा रहेको सबैको लघुवित्त वित्तीय संस्थाले सदस्य ग्राहकलाई व्यावसायिक झिलिंगा बनाउने तालिम उपलब्ध गराएको छ । कम्पनीले संस्थाका २७ ग्राहक सदस्यको सहभागितामा बन्दीपुर–१ डुम्रेमा व्यावसायिक झिलिंगा बनाउने तालिम दिएको डुम्रे शाखा प्रमुख रोशनलाल श्रेष्ठले बताए । तालिममा झिलिंगाको परिचय, झिलिंगाको माग, बजार व्यवस्थापन, आवश्यक कच्चा पदार्थ, बनाउने विधि, संस्थाले दिँदै आएका सेवा, बचतको महत्व आदिबारे सहभागीलाई जानकारी दिइएको थियो । प्रशिक्षक विष्णु खड्का रहेको तालिममा सहभागीका विभिन्न जिज्ञासाबारे संस्थाका जनशक्ति व्यवस्थापन विभाग प्रमुख रत्नप्रसाद अधिकारीले प्रकाश पारेका थिए । संस्थाका सदस्यलाई तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गरिएको संस्थाका डुम्रे मुकाम सुपरीवेक्षण अधिकृत फर्सबहादुर केसीले बताए । हाल संस्थाले ४३ जिल्लामा ९० शाखा, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ वटा कार्यालयबाट वित्तीय सेवा दिँदै आएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्यांकनकर्ता तालिम

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बुको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता व्यवस्था गर्न कृषि तथा पशुपक्षी बीमाका लागि कम्पनीले सोलु र ओखलढुंगाका सहभागीलाई एकै स्थानमा समावेश गरी तालिम दिएको हो । तालिम बीमा समितिको प्रतिनिधिको रोहवरमा सम्पन्न भएको कम्पनीले बताएको छ । १५ जना सहभागी क्षति मूल्यांकनकर्ता तालिमपछि कृषि तथा पशुपक्षी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा मूल्यांकनकर्ताले मूल्यांकन गरी दाबी भुक्तानी गर्नेछन् । यसबाट कृषि तथा पशुपक्षी बीमामा सुधार भई ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीको विश्वास छ ।

प्रभु क्यापिटलको डबल धमाका अफर

काठमाडौं (अस) । प्रभु क्यापिटलले आउँदै गरेका दशैं, तिहार तथा छठ पर्व अवसरमा ग्राहक लक्षित डबल धमाका अफर ल्याएको छ । योजनामा प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न र निःशुल्क शेयर बजारसम्बन्धी तालिम लिन सकिनेछ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० ग्राहकलाई यो योजनाअन्तर्गत छनोट गरिनेछ । यसरी छनोट भएका ग्राहकलाई खाता खोलेपछि १९९ रुपैयाँ मा २५ प्रतिशत टिडिएस कट्टी गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ । दैनिक छनोट भएका १० जना ग्राहकलाई प्रत्येक शनिबार र साताभरबाट छनोट हुने  ७० जना ग्राहकलाई शेयर बजारसम्बन्धी आधारभूत तालिम दिइनेछ । योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फाराम भरेर वा प्रभु क्यापिटलको वेबसाइटबाट अनलाइन माध्यमबाट डिम्याट खाताको लागि आवेदन दिन सकिनेछ । योजनाको अन्त्यमा योजनावधिभर खुलेका सबै डिम्याटमध्येबाट भाग्यमानी २० जनालाई क्यापिटलले प्रदान गर्ने पीएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । दैनिक विजेताको सूची १ दिनपछि कम्पनीको फेसबुक पेज तथा भाइबरमार्फत सार्वजनिक गरिनेछ ।