इलेक्ट्रिक भेहिकल डेः विद्युतीय उर्जाको अथाहा सम्भावना भएको देशलाई नै अत्तोपत्तो छैन

आज सेप्टेम्बर ९ तारिख । सेप्टेम्बर ९ लाई ईभी (इलेक्ट्रिक भेहिकल) दिवसको रुपमा मनाउने गरिन्छ । विश्वभरी नै आजको दिनलाई विशेष महत्वका साथ मनाइँदा विद्युतीय उर्जाको अथाहा सम्भावना भएको देश नेपाललाई भने यसबारे कुनै चासो नै छैन ।बजेट र नीतिमा बेलाबखत विद्युतीय गाडीको प्रयोग बढाउने भनेर घोषणा नगरिने होइन । तर, ६ महिना र वर्ष दिनमै नीतिहरु फेरबदल हुँदा विद्युतीय सवारीको खपत खासै बढ्न सकेको छैन । यद्यपी, भविष्यमा नीतिगत स्थिरता हुने देखेर अहिले व्यवसायीहरुले विद्युतीय गाडी भित्र्याउन थालेका छन् भने उपभोक्ताले पनि खरिद बढाएका छन् ।नेपालमा ईभीको २४ वर्षनेपालले विद्युतीय सवारी साधनको प्रयोग सुरु गरेको २४ वर्ष पुगेको छ । सन् १९९८ मा पहिलो पटक विद्युतीय सफा टेम्पो नेपाल भित्रिएका थिए । यी सफा टेम्पोहरु विस्थापित गर्ने भनिएपनि अझै चलिरहेका छन् । सफा टेम्पो जस्ता साना सवारी, जो सार्वजनिक सवारीमा रुपमा चल्दै छन्, अब यस्ता सवारी मात्रै नभई नीजि कारहरुमा पनि विद्युतीय कारहरु भित्रिने क्रम बढेको छ । विद्युतीय कार भने नेपालमा सन् २००९/०१० मा भित्रिएको हो । अहिले त विभिन्न कम्पनीका विभिन्न ब्राण्डका विद्युतीय कारले जबरजस्त उपस्थिती जनाएका छन् । एकातिर नेपालकै बिजुली खपत हुने र अर्कोतिर भन्सार महशुल पनि कम भएकाले विद्युतीय कार बढेका छन् । तर, पटक पटक करका दरहरु हेरफेर हुँदा आवश्यकता अनुसारको प्रोत्साहन भने विद्युतीय कारलाई गरिएको छैन । चार्जिङ स्टेशन पनि जुन गतीमा बनाउनु पर्ने थियो, त्यो गतीमा बनाउने काम भएको छैन ।अहिले त झन अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते बजेट भाषण गर्दै विद्युतीय सवारीमा कर बढाएका छन् । सय वाटभन्दा माथिको ब्याटिङ क्षमता भएका सवारीको आयातमा ६० प्रतिशतसम्म भन्सार लाग्ने नीति सरकारले लिएको छ । जसका कारण विद्युतीय सवारीको आयात र खपत अन्यन्त न्यून छ ।विद्युतीय सवारीमा मोटरसाइकल र स्कुटरको पनि नेपालमा खपत बढ्दो छ । तर, १ लाख मेगावाट (अध्ययनले भनेको ८३ हजार मेगावाट र हालको प्रविधि अनुसार १ लाख मेगावाट रहेको दाबी अनुसार) विद्युत उत्पादन क्षमता भएको नेपाल जस्तो देशले इलेक्ट्रिक सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्न आह्वान गर्दै विश्वव्यापी रुपमा मनाईने ‘ईभी डे’लाई सरकारी स्तरबाटै महत्वका साथ नमनाइनु आफैँमा चिन्ताको विषय भएको ईभीका बिक्रेता तथा प्रयोगकर्ताको गुनासो छ ।EV SALES BY COUNTRY IN 2021 1. China: 3,519,054 2. US: 631,152 3. Germany: 695,657 4. France: 322,043 5. UK: 326,990 6. Norway: 153,699 7. Italy: 141,615 8. Sweden: 138,771 9. South Korea: 119,402 10. Netherlands: 97,282 11. Rest of Europe: 469,93012. Rest of the World: 313,129

सम्बन्धित सामग्री

नेपाल ईभी एक्स्पो २०८० हुँदै

इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन, मीडिया स्पेस सोलुसन्स तथा फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा इभी एक्स्पो हुने भएको छ।...

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपालमा आउँदै

वातावरण मैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकल प्रति आम जनमानसको चासो र मार्केट दिन प्रतिदिन बढिरहेको छ ।अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने इलेक्ट्रिक भेहिकलको कुरा गर्दा ओमेगा सकी नाम आहिले आम रुपमा आकर्षणको केन्द्र बनेको छ । यसकारण आकर्षणको केन्द्र बनेको छ कि ओमेगा सिकी छोटो समयमै विश्वको ठूलो इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने कम्पनी […]

विश्वकै सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर ‘इओ मिनी’ अब नेपालमा

काठमाडौं, १३ भदौ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत EV युजरहरूका लागि डिजाइन गरिएको हो। EO चार्जिङ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो। यसले […]

स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनी नेपालमा

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।इओ चार्जिङ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभी […]

विश्वकै सानो इलेक्ट्रिक भेहिकल चार्जर ईओ मिनी नेपालमा

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । ईओ चार्जिङ (ईओ) ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । ईओको प्रविधि विश्वका ठूला व्यवसायहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ । यस कम्पनीले मर्सिडीज बेन्जजस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर

१० मिनेटमै फुल चार्ज हुने इभी ब्याट्री, परीक्षण अन्तिम चरणमा

सिलिकन भ्यालीदेखि बोस्टनसम्मका प्रयोगशालामा वैज्ञानिकहरूले वर्षौंदेखि इलेक्ट्रिक भेहिकल (इभी) ब्याट्री बनाउन यस्ता रसायन, खनिज र धातुहरूको खोजी गरिरहेका छन्, जसले ब्याट्री केही मिनेटमै फुल रिचार्ज होस्, एकपटकको चार्जले सयौँ किलोमिटर...

जिपको फुल्ली इलेक्ट्रिक भेहिकल सार्वजनिक

काठमाडौं, फागुन १९ । अटो मोबाइल ग्रुप स्टेलेन्टिसले आ्यनो जिप ब्रान्डलाई ‘इलेक्ट्रिक फाई’ गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ। मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो। अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा युरोपमा सार्वजनिक गरिनेछ र त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइनेछ। यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी […]

जिपले फुल्ली इलेक्ट्रिक भेहिकल बनाउने

अटोमोबाइकल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रिइलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो । अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा...