प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी टे«डिङ्गबाट ग्राहक महानुभावहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साध