काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक बनाउन खोज्दा खलनायक निस्किएको टिप्पणी गरेका छन्। सिन्धुलीमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय जिल्ला अधिवेशन उद्घाटनका क्रममा प्रचण्डले भने, ‘जनयुद्ध र जनआन्दोलनको उपलब्धिले नै संघीय लोकतान्त्रिक गणतन्त्र आयो। अहिले निजामती कर्मचारीसम्बन्धी ऐन र कर्मचारी समायोजना लगायतको विषयमा कहीँ न कहीँ सरकारको नेतृत्व गर्ने शक्ति परिवर्तनको वास्तविक उद्देश्य र मर्म ब