पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने...

सम्बन्धित सामग्री

संसद्‍मा एमाले र माओवादी सचिवको ‘जनयुद्ध’ !

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाको बैठकमा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसद्‍बीच ‘जनयुद्ध’ शब्दका कारण बाझाबाझ परेको छ। सरकारले जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द उल्लेख गरेपछि एमाले सांसद् तथा पार्टी सचिव योगेश भट्टराई र माओवादी केन्द्रका सांसद् तथा सचिव देवेन्द्र पौडेलबीच ‘जनयुद्ध’ले बाझाबाझ परेको हो। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले […]

माओवादी नेता छक्कबहादुर एमाले प्रवेश

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई आज एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । ओलीनिवास बालकोट पुगेर छक्कबहादुर एमाले प्रवेश...

एमाले र माओवादी केन्द्रका सात नेता चीनमा

वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ ।  एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी धर्मपत्नी तथा सांसद यशोदा सुवेदी गुरुङले जानकारी दिइन् । ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ चीन जानु भएको हो, सोमबार फर्कने भन्

एमाले–माओवादी बैठक सकियो

एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन टुट्ने देखिएपछि बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।

नुवाकोटमा एमाले नेता माओवादी प्रवेश

नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् ।

एमाले, एस र माओवादी फेरि मिल्लान् ?

काठमाडौं, १० असोज । यथास्थितिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुनसक्ने असम्भव जस्तै लाग्छ । कुनैबेला यी तीन दल एउटे थिए, नेकपा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुच्छर झुण्डिएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको परिकल्पना गरेका थिए । उनैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव राखे । मिलेर […]

माओवादी छाडेर एक्लाएक्लै एमाले

मन्त्रीको लोभमा माओवादी छाडेका नेताहरु पार्टी र कार्यकर्तामात्रै हैन, आफन्तबाटै एक्लिएका छन् । टोपबहादुर रायमाझीलाई ‘एमाले नेता’ त भनिन्छ । तर, उनीसँग आफ्नै भतिजा र भतिजी पनि एमालेमा गएनन् । उनीहरु माओवादी केन्द्रकै विभिन्न जनसंगठन र पार्टी कमिटीमा काम गरिरहेका छन् । खेलकुद मन्त्री भएका दावा तामाङसँग अहिले एकजना पिए पनि साथमा छैनन् । अरु त अरु, पत्नी कुमारी मोक्तान नै उनीसँग लागेर एमाले भइनन् । कुमारी बागमती प्रदेशसभा सदस्य छिन् र माओवादी केन्द्रको पुरानो जिम्मेवारीमै रहेकी छन् । मन्त्री हुन एमाले भएका मणि थ...

एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालय पठाएको छ । पत्र संसद सचिवालयलाई प्राप्त भएसँगै प्रतिनिधिसभामा आजदेखि एमाले र माओवादी केन्द्रको नाममा सांसदले प्रतिनिधित्व गर्नेछन् । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो  । निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदको बस्ने सिट व्यवस्थापन मिलाइने ...

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको छ । र,  नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा […]