नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालू आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार संसद्को सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले पुँजीगत खर्च बढाउन नसक्दा तथा समस्याका कारण लक्ष्य हासिल गर्न समस्या रहेको बताएका हुन् । गभर्नर अधिकारीले भने,‘चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको विषयमा केन्द्रीय तथ्याङ्क विभागले समय समयमा जानकारी गराइरहेको छ । आर्थिक वर्ष २०७७/७८