गभर्नर अधिकारी भन्छन् : अर्थतन्त्रमा अझै केही समय नकारात्मक प्रभाव देखिन सक्छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  अर्थतन्त्रमा अझै केही समयसम्म नकारात्मक प्रभाव देखिन सक्ने बताएका छन् ।  उनले अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्नेमा समेत जोड दिएका छन् । एलिएन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई)ले बिहीवार आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको बताए ।  एएफआईको स...