सुत्ने तरिकाले पनि स्वास्थ्यमा असर पार्छ । आयुर्वेदका अनुसार, देब्रेतर्फ पल्टेर सुत्दा राम्रो निद्रा लाग्छ र स्वास्थ्य पनि राम्रो हुन्छ । देब्रेतर्फ सुत्नुलाई वामकुशी भनिन्छ ।
हाम्रो मुटु देब्रेतर्फ हुन्छ । देब्रेतर्फ पल्टेर सुत्दा गुरुत्वाकर्षणको सहायताले मुटुको लसिका (लिम्फ) निस्कन सहज हुन्छ र तपाईं सुत्दा मुटुको कार्यबोझ कम हुन्छ । अनि मुटुलाई राम्रो तरिकाले काम गर्छ र स्वस्थ रहन्छ ।
देब्रेतर्फ कोल्टे पारेर सुत्दा गुरुत्वाकर्षणको सहायताले शरीरभित्र रहेको फोहर सहजताका साथ सानो आन्द्राबाट ठूलो आन्द्रामा पुग्छ । अनि तपाईं बिहान ...