काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ। किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा सामान्य सुधार भएको जानकारी दिएको हो।उनका अनुसार १९ दिनदेखि उक्त अस्पतालमा उपचाररत जोशीको आजदेखि स्वास्थ्यमा सुधार आएको हो। मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र जाेशीले सामान्य प्रतिक्रिया दिन थालेको विज्ञप्तिमा उल्लेख छ। ‘छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइए