मुख्यमन्त्री शेरधन राईद्वारा राजीनामा

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । नेकपा एमाले सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्री बनाउन राईले राजीनामा दिएका हुन् । यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भइसकेका छन् । मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएका छन् । बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् । आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय गएका थिए । एमाले व...

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईको ‘उपलब्धिहीन’ साढे तीन बर्ष

झापा – मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेश सभामा नयाँ चुनिएका नेकपा एमालेका संसदीय दलका नेता भीम आचार्य मुख्यमन्त्री भएपछि पूर्व मुख्यमन्त्री शेरधन राई विदाई मन्तव्य दिँदै थिए। मन्तव्यमा उनी भन्दै थिए, ‘हामीले थुप्रै कामहरू गर्यौं।’ तर उनी मुख्यमन्त्री हुँदा प्रदेशमा दीर्घकालिन महत्व राख्ने काम के-के भए भन्ने कुरा भन्न सकेनन्। आफूले चाहे अनुरुप काम गर्न […]

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले गरे पदभार ग्रहण

प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । विभाजन अघिको अवस्थामा प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवा...

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।  वागमती प्रदेशमा अष

कहाँ छिन् फरार रहेकी सांसद गुलेफ खातुन ?

विराटनगर : नेकपा (एमाले) विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले बिहीबार राजीनामा दिने तयारी गरिरहँदा फरार सूचीमा रहेकी गुलेफुन खातुनको चर्चा एकाएक चुलिएको छ। उनको हस्ताक्षर दुरुपयोग हुने होइन भन्ने विषयमा आशङ्का बढेसँगै नेताहरूले उनलाई सम्झिएका हुन्‌।एमाले सांसद गुलेफुन खातुन प्रदेश १ को बजेट अधिवेशनको बैठकमा सहभागी भइनन्। त्यसपश्चात प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले खातुन नियमित १० भन्दा बढी बैठकमा उपस्थित हुन नसक्ने निवेदन परेको विवरण वाचन ग