कहाँ छिन् फरार रहेकी सांसद गुलेफ खातुन ?

विराटनगर : नेकपा (एमाले) विभाजन भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले बिहीबार राजीनामा दिने तयारी गरिरहँदा फरार सूचीमा रहेकी गुलेफुन खातुनको चर्चा एकाएक चुलिएको छ। उनको हस्ताक्षर दुरुपयोग हुने होइन भन्ने विषयमा आशङ्का बढेसँगै नेताहरूले उनलाई सम्झिएका हुन्‌।एमाले सांसद गुलेफुन खातुन प्रदेश १ को बजेट अधिवेशनको बैठकमा सहभागी भइनन्। त्यसपश्चात प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले खातुन नियमित १० भन्दा बढी बैठकमा उपस्थित हुन नसक्ने निवेदन परेको विवरण वाचन ग