एमाले सचिव भीम आचार्य प्रदेश १ को प्रदेश सभामा पार्टी संसदीय दलको नेता चयन भएका छन् ।
बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् ।
आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् ।
एमाले विभाजन भएसँगै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुन लागेको हो ।
विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको ...