काठमाडौं । भातबाट अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यपुस्तकमा समावेश गरिएको छ ।
सरकारले अतिक्रमित भूभागसहितको नयाँ नक्सा पाठ्यपुस्तकमा समावेश गरेको जानकारी दिँदै प्रधानमन्त्री केपी ओली निकट नेकपा नेत्री निरुदेवी पालले सरकारले छिट्टै भूभाग पनि फिर्ता ल्याउने आशा व्यक्त गर्नुभएको छ ।
भारतले दशकौंदेखि अतिक्रमण गरी कब्जा गेरेको नेपाली भूभागलाई गत वर्ष आफ्नो नक्सामासमेत सामेल गरेपछि त्यसविरुद्ध नेपालमा चर्को विरोध भएको थियो । अतिक्रमित भूभागसहितको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित भएको थियो ।
त्यसलगत्तै सरकारले कालापानी लगायतको अतिक्रमित भूभाग समेटिएको पुस्तक तयार पारेपनि पाठ्यक्रममा समावेश गरेको छैन । सो पुस्तक पाठ्यक्रममा समावेश गर्न जनस्तरबाट सरकारलाई चर्को दबाब परेकै बेला नयाँ नक्सालाई कक्षा ८ र ११ को पाठ्यक्रममा सामेल गरिएको हो ।