कञ्चनपुर : वेदकोट नगरपालिका–६ ओझाखालीका २९ वर्षीय अजय डगौराको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागि आर्थिक अभाव भएको छ। ससुरालीमा बस्दै आएका डगौराले उपचार खर्च जुटाउन नसक्दा कष्ट सहेर बस्नु परेको छ।‘घरजग्गा केही छैन, मजदुरी गरेर जीविका चलाउँदै आएको छु’, डगौराले भने, ‘जिब्रो दुख्न थालेपछि एक वर्षअघि चिकित्सकलाई देखाउँदा क्यान्सर भएकाले उपचारका लागि चितवनस्थित अस्पतालमा जान भने पनि आर्थिक अभावले पीडा सहेर बस्दै आएको छु।’उपचार खर्चका लागि जोहो गरिदिने कोही नहुँदा डगौरा