वर्ष बित्दा पनि किसानले पाएनन् राहत

बेमौसमी बर्सातले काटेको र काट्न तयारी अवस्थामा रहेको धानबालीमा क्षति पुगेका किसानले एक वर्ष बित्दासमेत सरकारबाट राहत पाएका छैनन् । किसानलाई राहत दिन क्षतिको विवरण संकलन भए पनि अहिलेसम्म नपाएको नरैनापुर...

सम्बन्धित सामग्री

अढाई दशक बित्दा पनि कोशी बाढीपीडितले पाएनन् राहत

विराटनगर । कोशी नदीको बाढीबाट प्रभावित स्थानीयवासीले अढाई दशक बित्दा पनि राहत पाउन सकेका छैनन् । २०६५ साल भदौ २ गते सुनसरीको पश्चिमकुशाहामा सप्तकोशी नदीको पूर्वी तटबन्ध फुट्यो । बाढी पूर्वी तर्फका गाउँहरूमा बस्यो । सात हजार घरधुरीलाई उठीबास लगायो ।  सरकारले नदीले काटेर लगेको र बालुवा पाँच फिट पुरेको ‘रेड एरिया’को खेतको प्रतिबिगाहा २ लाख रुपैयाँ, बालुवाले कम पुरेकाको ‘येलो एरिया’को खेतको प्रतिबिगाहा १ लाख रुपैयाँ र बालीनाली बगाएको ‘ग्रीन एरिया’को खेतको ५० हजार रुपैयाँ प्रतिबिगाहा क्षतिपूर्ति दियो ।  सरकारको घोषणाअनुसार ६ महीनाको रासन दिनुपर्नेमा तीन महीनाको मात्र दिइएको छ । घर बनाउन दिने भनिएको ३० क्युवि काठ र २० हजार रुपैयाँ आधाभन्दा बढी पीडितले अहिले पनि पाएका छैनन् । दुई बाली धान हुने खेतमा अहिले पनि बालुवाले भरिएको छ । पीडितका अनुसार सरकारले बालुवा हटाउने काम गरेन । न बालुवा हटाउन खर्च नै दियो ।  सरकारले क्षतिपूर्ति दिए पनि खेतमा बालुवा भरिएकाले उनीहरूलाई गुजारामा कठिनाइ भएको छ । खेतको बालुवा फालेर ‘लेबलिङ’ गरी जमीनलाई खेतीयोग्य बनाइदिने भनिए पनि काम हुन सकेको छैन । केही पीडितले आफ्नै खर्चमा बालुवा फालेर खेती लगाउन थालेका छन् भने अधिकांश विपन्न सरकारको पर्खाइमा छन् ।  कोशी गाउँपालिका ४ (पहिलेको श्रीपुर ८)का सलिम मन्सुरी २०६५ भदौ २ गतेको बाढीको त्रासदीपूर्ण घटना सम्झिएर अहिले पनि झस्कन्छन् । घरमा बाढीले क्षति पुर्‍यायो भने खेत बगरमा परिणत भयो । ७ हजार तीन सय जनालाई कोशीले घरबारविहीन बनायो । खेत बगरमा परिणत भए । सरकारले तत्काल राहत दिए पनि पैसा खर्च गरेर बालुवा सफा गर्न नसक्नेहरूको खेत अहिले पनि बाँझो छ । सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएर सुनसरीका साविक श्रीपुर, हरिपुर र पश्चिम कुसाहा गाविसका ७ हजार तीन सय बासिन्दा प्रभावित बनेका थिए । तर सरकारले घोषणा गरेको राहत उनीहरूले १५ वर्ष बितिसक्दा पनि पाउन सकेका छैनन् । कोशी बाढी पीडित संघर्ष समितिका अध्यक्ष मोहमद वाजुद्दिन मिया बाढी पीडित सुकुमबासीलाई सरकारले दुई कठ्ठा जग्गा र एउटा घर दिने भने पनि १४ सय २२ सुकुमबासी परिवारमध्ये सात सयले मात्र जग्गा पाएको बताउँछन् । तीमध्ये हरिपुरमा दुई सय ३५ परिवारलाई घर र जग्गा दिइए पनि कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले सुकुमबासीका घर भत्काइदिने भएपछि अहिले डरले अधिकांशले त्यहाँको वास छाडेका छन् । ‘रेड एरिया’का जग्गाधनीलाई दुई बालीको क्षतिपूर्ति २९ हजार दुई सय रुपैयाँ प्रतिबिगाहा दिने भनिए पनि १४ हजार रुपैयाँ मात्र दिएको मियाले बताए । ६ महीनाको रासनमध्ये तीन महीनाको मात्र दिइएको र अरू माग्न जाँदा प्रशासनले रकम नै आएको छैन भनेर फर्काउने गरेको उनले सुनाए । ३३ सय ७० परिवारलाई प्रतिपरिवार ३० क्युफिटका दरले काठ उपलब्ध गराउने निर्णय भए पनि १५ सय २८ परिवारले मात्र सो सुविधा पाएको उनको भनाइ छ ।

झापाका हात्तीपीडित ५३३ परिवारले पाएनन् राहत

झापा : जिल्लामा जङ्गली हात्तीको आक्रमण व्यहोरेका पीडितले सहयोग नपाएको गुनासो गरेका छन्। चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका ५३३ परिवारले राहत नपाएका हुन्। डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ। पाँचजना मृतक परिवारसहित ५३३ घरपरिवारका लागि  एक रोड २६ लाख ४९ हजार ३९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरेकोकार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन्।कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग ग

झापाका किसानले अझै राहत पाएनन्

दमक– झापाका किसानले बेमौसमी वर्षाबाट धानबालीमा पुगेको क्षतिको राहत अझै पाउन सकेका छैनन् । गत वर्ष विसं २०७८ असोजमा वर्षासहित आएको हावाहुरीले धानबालीमा क्षति पु¥याएपछि सरकारले कृषकलाई राहत दिने घोषणा गरेको थियो । आफूहरूले हालसम्म सरकारबाट राहत नपाएको शिवसताक्षी–६ धौलेचोकका कृषक लक्ष्मीप्रसाद भण्डारीले बताए । अविरल वर्षाका कारण झापामा ५१ हजार आठ सय ४५ किसानको […]

झापाका किसानले अझै राहत पाएनन्

२०७८ को असोज महिनामा आएको बेमौसमी वर्षाले झापासहित देशभरका किसानले लगाएको धानबालीमा क्षति पु¥याएपछि सरकारले राहत दिने घोषणा गरेपनि हालसम्म राहत उपलब्ध नगराएको झापाका किसानले गुनासो गरेका छन् ।स्थानीय तहले राहतका लागि किसानको घर–घरमा पुगेर विवरण संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समिति झापाको बैठकपछि झापामा भएको क्षतिको यकिन विवरण गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म पुगे […]

धान डुबान किसानले पाएनन् राहत

सल्यान : गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाबाट भएको क्षतिको राहत किसानले अहिलेसम्म पाउन सकेका छैनन्। कोटेर सुकाएको धान वर्षाले डुबाएपछि सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको थियो तर सरकारले घोषणा गरेको महिनौँ बितिसक्दा समेत किसानले राहत पाउन सकेका छैनन्। शुरुमा राहत पाइन्छ कि भनेर आशा गरेको किसानहरूको आशा भने अहिले निराशामा परिणत भएको छ। पाँच महिनाभन्दा बढी भइसक्दा समेत राहत नपाएको कुमाख गाउँपालिका– ३ रागेचौरका किसान लीलाधर केसीले बताए। आफ्नो खेतमा रहेको ३० मुरी धान काम नलाग्ने

प्रदेश सरकारले घोषणा गरेको राहत बाढीपीडितले अझै पाएनन्

कानुनी व्यवधान देखाएर विपत् व्यवस्थापन समिति राहत वितरणमा उदासीन गत कात्तिक पहिलो साता सुदूरपश्चिममा आएको बाढीपहिरोमा आफन्त गुमाएका र घर क्षति भएका परिवारले प्रदेश सरकारले घोषणा गरेको राहत अझै पाएका छैनन् ।...

एक सय सय १५ द्वन्द्वपीडितले अझै पाएनन् राहत

विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि रामेछापका एक सय १५ जना द्धन्द पीडितले अझै राहत रकम पाउन सकेका छैनन् । दश वर्षे सशस्त्र संघर्षका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका...

दाङका कृषकले अझै पाएनन् राहत

दाङमा बेमौसमी वर्षाले क्षति पुगेका कृषकले हालसम्म राहत पाउन सकेका छैनन् ।स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै पनि राहत पाउन नसकेको कृषकको भनाइ छ । राहतका लागि कृषकहरु दैनिकजसो कृषकहरु स्थानीय तह धाउने गरेका छन् । गत असोजको अन्तिम साता भएको वर्षाले क्षति भएको धेरै भएपनि हालसम्म राहत नपाएको कृषकहरुको गुनासो छ । “सरकारले कति […]

सुदूरपश्चिमका बाढी पीडित किसानले अझै पाएनन् राहत

१३ मंसिर, धनगढी । बेमौसमी वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका सुदूरपश्चिमका किसानले प्रदेश सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले बाढी तथा पहिरोबाट प्रभावित भएकाहरुलाई राहत प्याकेज घोषणा गरेपनि झण्डै डेढ महिना बित्दा समेत घोषणाअनुसार कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् । निरन्तरको वर्षापछि कर्णाली नदीमा आएको […]