झापाका हात्तीपीडित ५३३ परिवारले पाएनन् राहत

झापा : जिल्लामा जङ्गली हात्तीको आक्रमण व्यहोरेका पीडितले सहयोग नपाएको गुनासो गरेका छन्। चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका ५३३ परिवारले राहत नपाएका हुन्। डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ। पाँचजना मृतक परिवारसहित ५३३ घरपरिवारका लागि  एक रोड २६ लाख ४९ हजार ३९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरेकोकार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन्।कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग ग