पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा विद्युत जाने क्रम बढेको छ ।
निरन्तर वर्षा भएपछि ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत जाने गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
उनका अनुसार शुक्रवारबाट विद्युत जाने समस्या हुँदैन । उनले पानीमा भिजेर भए पनि काम गरिरहेको भन्दै अब विद्युत जाने समस्या नआउने बताएका हुन् ।
यद्यपि समस्या आइहालेमा तत्कालै मर्मत गरिने उनको भनाइ छ ।
चिसो बढेसँगै पछिल्लो समय विद्युत खपत बढिरहँदा कहिलेकाहीँ समस्या आउने गरेको उनक...