नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताउनुभएको छ । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो । कम्युनिष्ट शक्तिहरु एकीकृत …