प्रकाशित समाचारका विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिएको भनी अनलाइन पत्रकार संघले विरोध गरेको छ । यही जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको रु ५० लाख र वडा नं २ सँग रहेको रु तीन लाख पञ्चकन्या –२ बाट हराएको सम्बन्धी समाचार प्रकाशन प्रसारण भएको थियो । रकम चोरी भएका सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक