आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् ।
अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।
एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू र भेन्टिलेटर जडान सम्पन्न भएको थियो ।...