न्यायालय शुद्धीकरण सम्भव छ ?

‘न्याय’ लोकतन्त्रको आधारभूत पूर्वसर्त हो । अनि ‘न्यायालय’ त्यही शब्दलाई विधि–विज्ञानले व्याख्या गर्ने मात्र नभई अभ्यास र प्रचलनसमेत गराउने थलो । ‘न्याय’ अन्यायको विपरीतार्थी शब्द पनि हो भन्ने सत्यलाई आत्मसात् गर्ने हो भने न्याय र न्यायालयको अर्थलाई कालो कोटधारी पेसा र ती पेसाकर्मीको कार्यस्थलमा मात्रै सीमित गर्नु सही हुँदैन ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश सिफारिसमा सक्रिय बार नियुक्तिमा मौन

काठमाडौं । न्यायालय शुद्धीकरण लगायत ८ वटा माग राख्दै साताव्यापी आन्दोलन गरेको नेपाल बार एशोसिएशन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएपछि मौन छ । कार्की प्रधानन्यायाधीशमा सिफारिस भएसँगै बारले उठाएका अरु महत्वपूर्ण मागहरु आझेलमा परेका छन् । तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई सर्वोच्चबाट हटाउन आन्दोदन गरेको बारले फेरि प्रधानन्यायाधीश नियुक्तिका लागि आन्दोलन गर्नु र सिफारिस […]

प्रधानन्यायाधीश जबराविरुद्धको बारको आन्दोलन आइतबारदेखि भौतिक रुपमा

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको मागसहितको न्यायालय शुद्धिकरण र सुदृढीकरणको लागि गर्दै आएको आन्दोलन फागुन १ गतेदेखि पुनः भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । बारले कोरोना भाइरसका...

बारको आन्दोलनले न्यायालय शुद्धीकरण सुरुआत भएको छ: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुआत भएको बताएका छन् । बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी बारले आन्दोलन सुरु गरेपछि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ हुने महत्वपूर्ण भएको बताए । न्यायालयमा गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोक्नुपर्ने, न्यायालयमा भ्रष्टाचारको अन्त्य गर्नेपर्नेलगायत माग […]

बारको आन्दोलनको १०० दिन, न्यायालय शुद्धीकरण सुरुआत भएको अध्यक्ष श्रेष्ठको दाबी

काठमाडौं, २४माघ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुआत भएको बताएका छन् । बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी बारले आन्दोलन सुरु गरेपछि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ हुने महत्वपूर्ण भएको श्रेष्ठले बताएका हुन् । न्यायालयमा गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोक्नुपर्ने, न्यायालयमा भ्रष्टाचारको […]

जारी आन्दोलनमा सक्रिय सहभागी हुन कानुन व्यवसायीहरुलाई बारको आह्वान

नेपाल बार एसोसियसनले न्यायालय शुद्धीकरण र सुदृढीकरणका लागि जारी आन्दोलनमा सहभागी हुन कानुन व्यवसायीहरुमा आह्वान गरेको छ। बारले शुक्रबार विज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यकाका कानुन व्यवसायीहरुलाई आन्दोलनका कार्यक्रमहरुमा सक्रिय सहभागिता...

प्रधानन्यायाधीशविरुद्धकाे आन्दाेलनमा कानुन व्यवसायी सहभागी हुनुस् : नेपाल बार

काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध भइरहेकाे आन्दोलनलाई निरन्तरता दिने भएको छ । आज आइतवार देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बार विज्ञप्ति निकाल्दै भोलि साेमवारदेखि न्यायालय शुद्धीकरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएकाे हाे ।  बार एसाेसिएशनले सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितका विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।  ‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गएको कात्तिक १४, १५, १६ र १...

न्यायालय शुद्धीकरण र कानुन व्यवसायी

न्यायालयमा विगतदेखि वर्तमानसम्म नियुक्ति राजनीतिक दलका कार्यकर्ताले सर्वोच्च र उच्च अदालतबाट राजिनामा गर्ने हो भने प्रधान न्यायाधीशकमाथि राजीनामा गर्ने नैतिक दबाब बढ्नेछ ।

न्यायालय शुद्धीकरण

आधुनिक राज्य प्रणालीको मूलभूत विशेषता नै कानूनी शासन हो । कानूनले सबैलाई न्याय दिने प्रत्याभूति भएमा नै नागरिकहरू आश्वस्त भई मुलुक र मुलुकको न्यायप्रणालीप्रति विश्वस्त हुन्छन् । कानूनी सुनिश्चितता भएमा नै देशमा लगानीको वातावरण बन्छ र मुलुक समृद्धितर्फ लम्कन्छ । कुनै पनि देशमा कानूनको शासन कायम राख्न र थिति बसाल्न अदालतको महत्त्वपूर्ण भूमिका हुन्छ । असल न्यायमूर्तिले न्याय र अन्याय छुट्याउँछन् भन्ने मान्यता राखिन्छ । त्यही मान्यताका आधारमा न्यायालय र न्यायाधीशलाई जनताको आस्था, भरोसा र आशाको केन्द्र मानिन्छ । त्यही भएर त्यहाँबाट सम्पादन हुने न्यायिक काम कारबाहीका बारेमा सर्वत्र चासो हुनु स्वाभाविक हुन्छ । न्यायालय नै शुद्ध नभएमा समाज अराजकतातर्फ उन्मुख हुन्छ । ‘जसको शक्ति उसको भक्ति’ र ‘न्यायको नौ सिङ’ भन्ने भनाइ चरितार्थ हुन्छ । मत्स्य न्यायको स्थिति रहन्छ । न्याय प्रक्रियाको शुद्धीकरण कानूनी कुरा मात्र होइन, सामाजिक स्वास्थ्य र आर्थिक विकासका पक्षसँग समेत जोडिएको विषय हो । न्यायमूर्तिले समन्याय, प्राकृतिक न्यायजस्ता उत्कृष्ट मान्यताहरूलाई आत्मसात् गरी न्याय सम्पादन गर्नुपर्ने हुन्छ । तर, न्यायालय चरम विवादमा फस्नुका साथै इतिहासकै संगीन मोडमा उभिएको छ । यसरी विवादमा पर्नुको मुख्य कारण भनेको न्यायालयमा आर्थिक अनियमितता, नातावाद, कृपावाद, बिचौलिया प्रवृत्ति र दलगत राजनीति हावी हुनु हो । अदालतमा यस्तो विसंगति र विकृति वर्तमानको मात्र होइन, करीब ३ दशक अघिदेखि क्रमिक रूपमा शुरू हुँदै आज चरम अवस्थामा आइपुगेको हो । एकातिर विभिन्न अवाञ्छित तत्त्वहरूको प्रभावमा न्यायालयबाट सम्पादन हुने न्यायिक कर्मले समाजलाई सही दिशा दिन नसकेबाट न्यायालयप्रति नै वितृष्णा उत्पन्न हुने क्रम बढ्दो छ भने अर्कोतर्फ सरकारका तर्फबाट हुनुपर्ने सहयोगको सट्टा सरकार स्वयम् न्यायपालिकालाई पंगु बनाउने र त्यहाँ आफ्नै हालिमुहाली चलाउनेतर्फ उद्यत भएको देखिन्छ । संविधानतः न्याय प्रदान गर्ने जिम्मेवारी बोकेको न्यायालयलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गराउने माध्यम बनाउन, न्यायालयलाई आफ्नो पकडमा राख्न, आफ्ना कार्यकर्तालाई भर्ती गर्ने, राजनीतिक भर्तीकेन्द्र बनाउने राजनीतिक दल र त्यसको नेतृत्व सबैभन्दा बढी जिम्मेवार हुन्छन् । समान तथ्य भएका मुद्दाहरूमा अलगअलग फैसला र आदेश गरी आफ्नै पूर्वनजीरहरू र कानूनको उद्देश्यलाई बेवास्ता र उल्लंघन गर्ने प्रवृत्तिका केही न्यायकर्र्मीहरूका कारण न्यायिक प्रक्रिया विवादमा पर्ने गरेको छ । आफू अनुकूल फैसला नआएमा र बिचौलियाको भूमिका निर्वाह गर्ने केही वकील, सेटिङ मिलाउन बिचौलियाको भूमिकामा रहेका अदालतका केही कर्मचारीहरू मुख्य रूपमा जिम्मेवार हुन् भन्ने देखादेखी भएको अन्यायका विरुद्ध सशक्त आवाज उठाउन नसक्ने वकील, अदालतका कर्मचारीहरू र नागरिक समाज पनि यसका लागि कम जिम्मेवार छैनन् । विकृति र विसंगतिविनाको समाजको परिकल्पना समेत हुँदैन । यसको न्यूनीकरण गर्ने हो, निर्मूल पार्न त गाह्रो छ । पहिले पनि केही विकृति नै नभएका होइनन्, तर पछिल्लो चरणकोे तुलनामा भने अवश्य कम थियो । करीब ३ दशक अघिदेखि क्रमिक रूपमा विचलन शुरू भई सार्वजनिक पदहरूमा आफ्ना नाताका र दलका कार्यकर्ताहरूलाई भर्ती गर्ने प्रचलनको शुरुआत भएको हो । तत्पश्चात् सत्ता र शक्तिमा रहने सबैले सकेसम्म यसलाई बढावा दिए । यो प्रवृत्ति झ्याङ्गिने क्रम बढ्दै गयो । हुँदाहुँदा कार्यकारी तर्फमात्र होइन, न्यायिक क्षेत्रमा समेत, न्यायाधीश नियुक्तिको सिफारिशका लागि बसेको न्यायपरिषद्को बैठकमा राजनीतिक दलका नेताहरूको उपस्थिति र भूमिका निर्णायक भएको भन्ने कुरा पूर्वप्रधानन्यायाधीशको न्याय नामक पुस्तकमा उल्लेख छँदै छ । दलीय प्रभावले अन्य क्षेत्रजस्तै समग्र न्यायपालिका र न्यायिक नेतृत्व पनि निरीह र कमजोर देखियो । फलस्वरूप न्यायपरिषद् पूर्णतः भागबन्डा परिषद्मा परिणत भयो । न्यायालयको स्वच्छता, मानवाधिकार, कानूनी शासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको नेपाल बार एशोसिएशनले पनि न्यायपरिषद्मा भाग पाएपछि झनै विकृति बढेको तीतो यथार्थ हो । यदि ने.बा.ए.पनि निष्पक्ष, जिम्मेवार र सशक्त भइदिएको भए आधा समस्या समाधान हुन्थ्यो कि ! नेपाल अधिराज्यको संविधान २०४७ मा व्यवस्था गरिएको न्यायपरिषद्ले अन्तरिम संविधान २०६३ हुँदै वर्तमान संविधानमा समेत निरन्तरता पाएको छ । जुन उद्देश्य र परिकल्पनाका साथ यसको व्यवस्था गरिएको हो, त्यसका लागि यो पूर्णतः असफल रहेको कुरा यसका काम कारबाहीले स्पष्ट पारिसकेको छ । पहिले न्यायाधीशको बाहुल्य रहेको र पछिल्ला दिनमा राजनीतिक वकीलहरूको समेत संलग्नता रहेको यस परिषद्मा दलीय संस्कृतिले प्रोत्साहन पाएको छ । परिषद्कै गलत कर्मका कारण न्यायपालिकाको छविमा बाधा परेको देखिन्छ । न्याय र सुशासनका लागि यो हानिकारक छ । यसरी न्यायपालिकालाई नै अधोगतितर्फ उन्मुख गराउने यस्तो परिषद्को विकल्प खोज्नु जरुरी भइसकेको छ ।   अदालतभित्र आर्थिक अनियमितता बढ्नु, ठूलाबडाको, चर्चित मुद्दाहरूको परिणाम केही दिनमै आउनु तर दीनदुःखीहरूको फैसला आउन वर्षौँ लाग्नुसमेतको यावत् कार्यले समानताको आधारमा चल्ने भनिएको न्यायपालिकको शाख गिराएको छ । यो गम्भीर विषय हो । न्यायालयमा दलीय कार्यकर्तालाई कोटाको आधारमा र नातावाद कृपावादको हिसाबमा न्यायाधीश नियुक्ति गरिने चलिआएको गलत नियुक्तिप्रथा बन्द हुनैपर्छ । यस्तो नियुक्तिको आधारमा पदासीनहरूबाट भएका कार्यले न्यायिक आस्था र विश्वास डगमगाएको छ । त्यसैले न्यायाधीश नियुक्ति गर्दा न्याय र कानूनको विज्ञ मात्र होइन, उच्च नैतिक चरित्र भएको, न्यायिक मन र विवेक प्रयोग गर्न सक्ने साथै पारदर्शिता न्यायको आत्मा हो, भन्ने जिरेमी बेन्थमको विचारलाई अनुसरण गर्न सक्ने व्यक्तिलाई न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गर्नुपर्छ । न्यायमूर्तिले न्याय र अन्यायको बीचमा रहेर न्यायसम्पादन गर्नुपर्ने हुन्छ । यस्तो कार्य उच्च मानवीय विवेक भएकाहरूले मात्र गर्न सक्छन् । अब न्यायाधीशहरूको सम्पत्ति विवरण लिने र सार्वजनिक गर्ने विधिविधान बनाउन पनि ढिला गरिनु हुँदैन । भनिन्छ, न्यायालयमा अन्यायको कारोबार वा न्याय किनबेच हुनु हुँदैन । तर, बिचौलियाहरूको बिगबिगी र त्यहाँ भित्रको आर्थिक चलखेल हेर्दा त्यसप्रतिको आस्थामा पनि घात भएको छ । त्यसैले बिचौलियाको पहिचान गरी तिनको नियन्त्रण गरिनुपर्छ । सबैको चाहना भनेको न्यायपालिकाबाट समान न्याय पाउनु हो । यसले निष्पक्ष र निर्भीक भएर न्याय सम्पादन गर्न पाउनुपर्छ । साथै न्यायमूर्तिहरूले पनि स्वतन्त्रता र निर्भीकताका साथ न्यायिक कर्म गर्न पाउनुपर्छ । उनीहरूमाथि कुनै प्रकारको आर्थिक, राजनीतिक र पदीय दबाब हुनु हुँदैन । वर्तमानमा देखिने गरेको अदालत बाहिरको भीड र अनेक थरीका नारा जुलुसले पनि न्यायाधीश प्रभावित हुनु हुँदैन । न्यायपालिकामा देखिएको अवाञ्छित तत्त्वहरूबाट न्यायपालिकाको मौलिक स्वरूप तथा यसको गौरवमय इतिहास र महत्त्वलाई संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । कानूनको शासन, मानवाधिकार र लोकतन्त्रको संरक्षणका लागि यसको पवित्रतालाई दूषित पार्ने क्रियाकलाप रोकावटका लागि न्यायाधीशको नियुक्तिमै विकल्प खोजिनु आवश्यक पर्छ । यो विशुद्ध कानूनी कुरा मात्र होइन, सामाजिक स्वास्थ्य र आर्थिक विकासका पक्षसँग समेत जोडिएको विषय हो । लेखक अधिवक्ता हुन् ।