पुल्चोकस्थित एउटा सहकारी संस्थामा कार्यरत भक्तपुर बोडेकी एक युवतीले केही दिनपहिले मात्रै बसमा आफूलाई दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई झर्न बाध्य बनाइन् । पुल्चोकबाट थापाथलीसम्म आउने बसमा ती युवकले पटकपटक उनको संवेदनशील अङ्गमा छुन खोजेका थिए । सुरुमा आफूले नै सम्झाउँदा नमानेपछि चालक, सहचालकलाई उनले गुनासा राखेकी थिइन् । सो घटनाका बारेमा अरू यात्रुले समेत चासो राख्न थालेपछि युवक आफैँ थापाथली ओर्लेका थिए । पीडितले प्रहरीसम्म गएर भने उजुरी गरिनन् । उनले भनिन्, “अफिस जान हतार पनि थियो, फेरि अ