रुकुम (पूर्व) : रुकुमपूर्वमा कोरोना भाइरसका कारणले दुई वर्षदेखि रोकिएको यार्सागुम्बा संकलन यस वर्ष प्रवेशमा निःशुल्क गरी खुला गरिएको छ।कोरोना संक्रमण नभएका विगत वर्षमा यार्सागुम्बा संकलनका लागि प्रतिव्यक्ति प्रवेश शुल्क लाग्ने गरेको थियो। कोरोनाका कारण दुई वर्ष यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो। यस वर्ष कोरोना संक्रमणको दर कम भएपछि यार्सागुम्बा संकलन खुला गरिएको हो।राेकिएकाे यार्सा संकलन व्यवस्थापनका तयारी गर्ने समयमा स्थानीय चुनाव लागेपछि संकलनका लागि निःशुल्क प्रवेशको व्यवस्