बुधबार एकैदिन निर्वाचन आयोगमा दुईवटा दल दर्ताका लागि निवेदन दायर भए । माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ता गरिपाऊँ भन्ने निवेदन दायर भयो । महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन पर्यो ।कतिपयलाई लाग्न सक्छ कि अब माधव नेपालले नेतृत्व गरेको पार्टीको नाम नेकपा एमाले (समाजवादी) नै ठहर हुनेछ । तर, निर्वाचन आयोग स्रोतले भने माधव नेपालले प्रस्ताव गरेको नामलाई आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको रातोपाटीलाई बतायो । त्यसै