नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । केन्द्रीय कमिटीको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । एमालेले सभामुखलाई हटाइनुपर्ने धारणा राख्दै आएको सन्दर्भमा प्रचण्डले एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् । ‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा