हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार साँझ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्ला वर्षा भएको थियो भने जसका कारण तुवाँलोमा केही कमी आएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै प्रदेश १ का थोरै स्थान र बाँकी प्र...