बिहीबार दिउँसो देशभर सामान्य बदली रहने र केही स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक एक स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै राति प्रदेश १ सहित देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ।
प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहर...