आज यी प्रदेशमा बदली

काठमाडौं : पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै एकदुई स्थानमा सामान्य हुस्स र कुहिरो लागेको छ।दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित सामग्री

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ। पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना रहेको छ।  मौसम पुर्वानूमान...

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि ...

आज यी चार वटा प्रदेशमा ठूलाे पानी पर्ने

काठमाण्डाै – आज देशभरका विभिन्न चार प्रदेशमा ठूलाे पानी पर्ने अनुमान गरिएकाे छ । आज प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । यस्तै, आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने अनुमान गरिएको छ ।

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

५ माघ, जनकपुरधाम । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा  आज सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले  प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश […]

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ७,४२५ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ३,८२९ र गण्डकीमा ९०५ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, प्रदेश १ मा ८२२, लुम्बिनी प्रदेशमा ७०२, प्रदेश २ मा ५२६, सुदूरपश्चिममा ३८४, र कर्णालीमा १५२ जना सङ्क्रमित थपिएका छन्।

आज कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार नाघ्दा देशभर १,०८,०७१ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४०,१८२ जना बागमतीमा र त्यसपछि २१,८८० जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १३,२३९, प्रदेश २ मा ८,१४६, गण्डकी प्रदेशमा ९,९९०, कर्णाली प्रदेशमा ५,६४१ र सुदूरपश्चिममा ८,९९३ जना होम आइसोलेसनमा रहेका छन्।

आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ८,६०७ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ३,७०३ र प्रदेश १ मा १,२५८ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, लुम्बिनी प्रदेशमा १,०९६, सुदूरपश्चिममा ८४०, गण्डकीमा ७५५, प्रदेश २ मा ४८५ र कर्णालीमा २७० जना सङ्क्रमित थपिएका छन्।

आज कुन प्रदेशमा कति सङ्क्रमित थपिए?

काठमाडौं। आज देशभर ८,२०३ जना कोरोना सङ्क्रमित थपिँदा सबैभन्दा धेरै बागमती प्रदेशमा सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा आज सर्वाधिक ३,९२१ र प्रदेश १ मा १,२३४ जना सङ्क्रमित थपिएका थिए। त्यस्तै, लुम्बिनी प्रदेशमा १,०४२, प्रदेश २ मा ५१५, गण्डकीमा ६५०, कर्णालीमा ४५८ र सुदूरपश्चिममा ३१६ जना सङ्क्रमित थपिएका छन्।