जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ। क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले चौथो विकेट गुमाएको छ।
जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। बुलाबायोस्थित एथ्लेटिक मैदानमा १५४ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेटका रुपमा १८ औं ओभरमा आरिफ शेखलाई २ रनमा गुमाएको छ।
काठमाडौं – नेपालले हङकङको चौथो विकेट लिएको छ। जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १४ औं ओभरमा शहिर बसिफलाई सन्दिप लामिछानेले आउट गरे। ९ बल खेलेका उनी १ रनमा आउट भए।
नेपालले अफगानिस्तानको चौथो विकेट लिएको छ। ३३ औं ओभरको समाप्तीमा मोहम्मद नाबी ३४ रनमा आउट भएका छन्। ३२ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। उनलाई दिपेन्द्र ऐरीको बलमा ज्ञानेन्द्र मल्ले क्याच आउट गरेका हुन्।