टेनिस स्टार सेरेना विलियम्सले सन्न्यास लिने

अमेरिकी टेनिस स्टार खेलाडी सेरेना विलियम्सले सन्न्यासकाे घाेषणा गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पाेस्ट शेयर गर्दै ४० वर्षीया विलियम्सले सन्नयासकाे घाेषणा गरेकी हुन् । आउँदाे महिना हुने यूएस ओपनमा खेलपछि सन्न्यास लिने योजना रहेको उनले बताएकी छन् । उनले इन्स्टाग्रममा लेखेकी छिन्, ‘जीवनमा एक समय यस्ताे आउँछ, जहाँ हामीले एक छुट्टै दिशामा अघि बढ्ने निर्णय लिनुपर्ने हुन्छ । आफूले निकै माया गर्ने कुरालाई छाेड्नुपर्दा त्याे समय सधैँ कठिन हुने गर्दछ ।’ महिला टेनिसकी स्टार खेलाडी सेरेन...

सम्बन्धित सामग्री

सेरेना विलियम्सले टेनिसबाट सन्यास लिइन्, अन्तिम खेलमा छल्कियो आँसु

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसलाई अलविदा भनिन् । उनले शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलिन् र सन्यास लिइन् । न्युयोर्कमा भएको यो खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोविचसँग हारेकी भएपनि यो खेल उनका लागि यादगार बन्यो । उनी तेस्रो राउण्डमा आयला टोम्यानोभिचसँग पराजित भएकी थिइन् ।खेलपछि उनी भावुक देखिइन् र हात हल्लाएर मानिसहरूबाट बिदा भइन् । ४१ वर्षीया विलियम्सले आफ्नो २७ वर्षको उत्कृष्ट करियरलाई यहाँ नै अन्त्य गरिन् । कोर्टको बिचमा नै उनको अन्तरवार्ता गरियो तब उनको आँ

सेरेना विलियम्स पहिलाे चरणमै रादुकानुसँग पराजित

सन्यासको घोषणा गरेकी अमेरिकी कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स स्थानीय समय अनुसार मंगलबार राति अमेरिकाको ओहायोमा भएको खेलमा पराजित भएकी छन् । डब्लुटिए १०००- स्तरको वेस्टर्न एण्ड साथर्न ओपन टेनिसको पहिलो चरणमा सेरेना विलियम्स बेलायती नम्बर एक खेलाडी एमा रादुकानुसँग पराजित भएकी हुन्। मासनमा भएको खेलमा रादुकानुले सेरेनालाई ६-४ र ६-० को सेटमा पराजित गरेकी […]

पहिलो चरणबाटै बाहिरिइन् सेरेना, नाडालको विजयी सुरुवात

काठमाडौं : विम्बल्डनमा एक वर्षपछि पुनरागमन गरेकी अमेरिकी लिजेन्ड टेनिस स्टार सेरेना विलियम्स पहिलो चरणबाटै बाहिरिएकी छिन्।गत सिजन इन्जुरीका कारण सेन्टर कोर्टबाट बाहिरिएकी सेरेना सोही कोर्टबाट पुनरागमनको प्रयासमा रहेपनि उनी हार्मोनी टानसँग ७-५, १-६, ७-६ (१०-७) ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन्।प्रतियोगिताबाट बाहिरिएपछि उनलाई यो अन्तिम विम्बल्डन हो भनी सोधिएको प्रश्नमा सेरेनाले भनिन् 'यो एक प्रश्न हो तर अहिले केहि भन्न सक्दिन, मलाई थाहा छैन्, भविष्यमा के हुन्छ भनेर।'मंगलबारनै भ

विम्बल्डन : ४० वर्षीया सेरेनाको पुनरागमन प्रयास

धेरै समयपछि विम्बल्डनको तयारी पुरानै जस्तो देखिन्थ्यो। पहिला जस्तै अर्थात आज (सोमबार) शुरु हुने प्रतियोगिताअघिको अभ्यासमा नोभाक जोकोभिच, राफेल नाडला घाँसे कोर्टमा अभ्यासरत रहेका थिए।लामो समयदेखि आपसमा प्रतिस्पर्धा गर्दै आएका यी दुई स्टारबाहेक अभ्यासमा सेरेना विलियम्स पनि देखिन्थिन्। अमेरिकी टेनिस स्टार सेरेना २१ औं विम्बल्डनको तयारीमा रहँदा आफ्नो शरीरलाई पुरानै अवस्थामा फर्काउन गरेको प्रयास निकै लोभलाग्दो देखिन्थ्यो।सेरेनाका लागि यो यस्तो अवसर हो जुन उनले आफूलाई पुनरागमन

सेरेना दोस्रो चरणमा

अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाउन सफल भएकी छिन्। उनले आफ्नो पहिलो खेलमा जर्मनीकी ततजाना मारियालाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेकी हुन्। सेरेनाले ४९ मिनेट लामो भिडन्तमा ६–०, ६–२ को जित निकाल्न सफल भइन्। दोस्रो चरणमा उनको भिडन्त क्यानडाकी इ...