काठमाण्डाै – सरकारले सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय आज बुधवार सार्वजनिक गर्दै सरकारकाे धारणा राख्नुभएकाे हाे । मन्त्री कार्कीले देशकाे परराष्ट्र नीतिको मर्मअनुसार छिमेकी मित्र राष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता रहेकाे बताउनुभयाे । ‘सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने परराष्ट्र नीति मर्मअनुसार भारत चीन लगायत कुनै पनि मित्र...