काठमाडौं । शुक्रबारका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
पदाधिकारी छनोट गर्न भनी बोलाइएको बैठक स्थगित भएको हो ।
माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिड–१९ का कारण बैठक स्थगित गरिएको बताए ।