पार्टी एकताको प्रयास स्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् ।
आइतवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् ।
माधव नेपाल पक्षका उपाध्यक्ष भीम रावलले शनिवार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो ।
१० बुँदे सहमति गरेको विघटित कार्यदलका सदस्यहरूबीच आइतवार पनि छलफल हुन लागेको हो ।
बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे...