नेकपा विभाजनपछि अलग राजनीतिक शक्ति बन्न पुगेको माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु आगामी चुनावमा संयुक्त घोषणापत्र र साझा उम्मेदवारी दिने अनि लगत्तै पार्टी एकता गर्न सहमत भएका छन् । त्यो अभियानमा बाबुराम भट्टराई र वामदेव गौतम समेत जोडिनेछन् ।