सरकारले पछिल्लो समय निरन्तर उकालो गतिमा रहेको पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ । नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । पेट्रोलियम पदार्थमा लाग्दै आएको भन्सार कर कटौती गर्ने सर्तसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्य घटाउने घोषणा गरेको हो ।उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले यही शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका थिए । उनको घोषणासँगै निगमले शनिबार राती १२ बजेदेखि न