काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबारबाट स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको वितरण गर्ने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौँको भीड व्यवस्थापन गर्नका लागि पालिकाबाट परिचयपत्र वितरण सुरु गरेको पञ्जीकरण विभागले जनाएको छ।१ मंसिरदेखि गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भीड बढेको थियो।विभागले भीड व्यवस्थापन तथा परिचयपत्र सहजताका लागि जिल्ला प्रशासन र पालिकाबाट पनि