काठमाडौं। नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले यो विषय मानव अधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुन नहुने बताएका छन्। सरकारले ऐन ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने उनले चेतावनी दिए। मानव अधिकारका अन्तर्राष्ट्रिय मापनहरुका आधारमा सो विषय अगाडी बढाउनुपर्ने उनको भनाई थियो ।