यूनियन लाईफको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज रू.११५.१३ देखि ३४५.३९ सम्म

साउन १७, काठमाडौं ।  यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  उक्त कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ सूचीकत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ ।  यूएलआई स्टककोडबाट कम्पनीको शेयर सूचीकृत भएको हो । कम्पनीले पहिलो कारोबारको लागि रू. ११५ दशमलव १३ देखि ३४५ दशमलव ३९ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो । नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच आइतवार  शेयर सूचिकरण सम्झौता भएसँगै सोमवारदेखि कम्पनीको कारोबार शुरु हुनेछ । कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट सम्पन्न भएको थियो ।  उक्त आईपीओ २१ लाख १२ हजार ७९९ ओटा आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । 

सम्बन्धित सामग्री

आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

१८ साउन, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका […]

माइखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

१ जेठ, काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्से र माइखोला हाइड्रोपावर कम्पनीबीच १ जेठमा सेयर सूचीकरण सम्झौता भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा […]

सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको […]

राष्ट्र उत्थान लघुवित्तको २६ लाख कित्ता नेप्सेमा सूचीकृत

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई ‘आरयूएलबी’ कारोबार संकेत दिएको छ । यस्तै, कम्पनीको सेयरले सुरुवाती कारोबार मूल्य न्यूनतम १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँ पाएको छ । यसको अर्थ, कम्पनीको पहिलो कारोबार यही न्यूनतम र अधिकतम मूल्यसूची भित्र रहेर आइतबारदेखि कारोबार हुने छ ।१७ लाख ५० हजार कित्ता

इमर्जिङ नेपालको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

इमर्जिङ नेपालको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेले कम्पनीको आईपीओको सुरूवाती कारोबार मूल्य प्रतिकित्ता न्यूनतम १०५.११ रुपैयाँ र अधिकतम मूल्य प्रतिकित्ता ३१५.३३ रुपैयाँ तोकेको छ । नेप्सेमा सूचीकृत कम्पनीको पहिलो सेयर कारोबार यही न्यूनतम र अधिकतम मूल्यबीचबाट हुने छ ।इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म आईपीओ बिक्री खुलाएको थियो । यस्तै, कम्पनीको आईपीओ बिक्री

साहस ऊर्जा र तेह्रथुम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

कात्तिक ११, काठमाडौं । साहस ऊर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावर कम्पनीको ४० लाख आईपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै ती दुबै कम्पनीको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले तेह्रथुम पावर कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि रू.८४ दशमलव ७४ देखि २५४ दशमलव २२ सम्म मूल्य रेञ्ज तोकेको छ । त्यसैगरी साहस उर्जाको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि रू.१३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  ती दुबै कम्पनी र नेप्सेबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि ती कम्पनीको दोस्रो बजारमा पहिलो कारोबार हुनेछ । साहस उर्जाको स्टक सिम्बोल एसएचएएस र तेह्रथुम पावरको टिपिसी रहेको छ ।

मैलुङ खोला आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ– मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार चार सय ३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत शेयर बुधवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले मैलुङको पहिलो कारोबारको लागि ९५ रुपैयाँ ७५ […]

सानिमा लाइफको सेयर नेप्सेमा सूचीकृत

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट का

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

भदौ १६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको २ करोड कित्ता शेयर  सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणतर्फको ६० लाख कित्ता  आईपीओ र संस्थापकतर्फको १ करोड ४० लाख कित्तासमेत गरेर कुल २ करोड कित्ता शेयर नेप्सेमा  सूचीकृत गराएको हो । नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सभ्झौता भएसँगै बिहीवारबाट कम्पनीको शेयर खरीदविक्री शुरु हुनेछ ।नेप्सेले पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेञ्ज तोकेको छ ।  पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एसएलआई रहेको छ । कम्पनीले साउन २० गते देखि २४ गतेसम्म ६०  लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबार हुँदै

साउन १७, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।अव कम्पनीको शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीको शेयर एमकेएलबी स्टककोडबाट सूचीकृत भएको हो ।  पहिलो कारोबारको लागि नेप्सेले रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  ।  आइतवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै  सोमवारदेखि  कम्पनीको आईपीओ कारोबारमा आउने भएको हो ।कम्पनीले सूचिकरण पश्चात दिन सम्पूर्ण आरटिएस सम्बन्धि सेवा एनएमबि क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने पनि नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । कम्पनीले आईपीओको बाँडफाँट गत असार २८ गते गरेको थियो । १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुमध्ये गोलाप्रथाको माध्यमबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले शेयर पाएका थिए । कम्पनीले पहिलो चरणमा बाँफाँट गरी बाँकी रहेको दुई कित्ता शेयरमध्ये २० कित्ता भन्दा बढी माथ गर्ने दुई जना आवेदकलाई गोलाप्रथाबाट थप एक एक कित्ताका दरले शेयर बाँडफाँट गरेको हो । कम्पनीले असार १७ गते देखि ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको  ,१९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधरको लागि निष्कासन गरिएको थियो ।