वर्षाले बिथोल्दा पर्यटन क्षेत्रलाई नोक्सान

कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रले यो दसैंको बेला आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा राखेको थियो। मुख्य पर्यटकीय सिजनमा पनि विदेशी पाहुना नपाएको पर्यटन क्षेत्र दसैंको लामो बिदामा आन्तरिक पाहुनाको पर्खाइमा थियो। तर, लगातारको झरिले गर्दा पा...

सम्बन्धित सामग्री

लगातारको वर्षाले जनजीवन कष्टकर, दसैँ मनाउन आएका गाउँमै

डडेल्धुरा – दसैँको दिन अपराह्नपछि मौसम परिवर्तन भई अविरल वर्षा सुरु भएको थियो । तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध छन् । जनजीवन कष्टकर भएको छ । डडेल्धुराको भित्रीमधेस क्षेत्र आलितालमा बाढी पहिराको त्रास छ भने पहाडी भेगमा पहिराको । गत वर्ष पनि असोज कात्तिकमा भएको झरीले ठूलो नोक्सान […]

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो ।  व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ ।माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् ।को

वर्षाले तरकारी बालीमा क्षति

अविरल वर्षाले धनुषामा धान बालीसँगै तरकारी बालीमा समेत क्षति भएको छ । हरियो तरकारी खेतीको केन्द्र मानिएको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानको सयौं बिघामा लगाइएको काउली, भान्टा, गोलभेडा, खुर्सानीलगायत मौसमी तरकारी खेतीमा वर्षाले क्षति भएको हो ।विक्रीका लागि तयार रहेको काउली, उम्रिदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली वर्षाले नोक्सान भएको स्थानीय किसान सत्यनारायण महतोले बताए । एक बिघामा लगाइएको काउली बेच्ने समय भइसकेको अवस्थामा वर्षाले नष्ट भएको उनको भनाइ छ ।वर्षाले तरकारी

धानलगायत सबै बाली तथा पशुधनको बीमा हुन्छ, बीमा गर्ने गरौँ

यदि अहिले धानको बीमा गरिएको भए किसानले सजिलै क्षतिपूर्ति पाउँथे । तर, धानको बीमा हुन्छ भन्ने धेरै किसानलाई थाहा नै भएन । किसानलाई थाहा नहुनुमा बीमा कम्पनी तथा अन्य जिम्मेवार निकायले पनि आफ्नो भागमा परेको दोष स्वीकार गर्नुपर्छ ।  अहिलेको बेमौसमी वर्षाले किसानको धानबालीमा धेरै नै नोक्सान पुर्यायो । यदि धानबालीको बीमा गरिएको भए बीमा कम्पनीले अवश्य नै क्षतिपूर्ति दिन्थे ।  बीमा कसरी गर्ने के गर्ने भन्ने सम्बन्धमा थाहा नभएको पनि हुनसक्छ । बीमा कम्पनीले देशभर कृषि बीमा सम्बन्धी शाखाहरु खोलेका छन् । ती शाखामा सम्...

धान क्षतिको विवरण संकलन गर्दै स्थानीय तह

बेमौसमी भारी वर्षाले ४० प्रतिशत धान नोक्सान भएको अनुमान गरिएको कैलालीमा स्थानीय तहहरुले तथ्यांक संकलन गर्न थालेका छन् ।स्थानीय तहहरुले प्रत्येक किसानको कति धान लगाएको, कति क्षति भएको, क्षति पछि कति बाँकी रहेको र पानी पर्नु भन्दा पहिले कति धान भित्र्याएको थियो भन्ने तथ्यांक लिन थालेका छन् । प्रदेशको कृषि विकास निर्देशनालयले माग गरे अनुसारको […]

डुबेको धान जोगाउन खाली ठाउँ या खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको पानीले धानबालीमा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमा उठाउन छुटेको धान बिग्रने चिन्ता छ । बाला पानीमा चुपुक्कै डुबेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा...

दाङमा वर्षाको असर - काटेको धान खेतमै नष्ट, बाढी र पहिरोले यातायात सेवा प्रभावित

दाङ – दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, ...

अविरल वर्षाले मनाङमा डेढ करोडको बाली नोक्सान

मनाङ : हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ …

अविरल वर्षाले मनाङमा डेढ करोडको बाली नोक्सान

मनाङ : हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ । गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पुर्‍याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ …

लगातारको वर्षाले तरकारी खेती सखाप, किसान चिन्तित

असार १९, महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् ।  भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, लट्टे (ठडीया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल  र करेलासहितका तरकारीका लहरा पनि लगातारको पानीले गलाएर पहेंलिएका छन् ।  असार लागेदेखि परेको पानी र पछिल्ला चार  दिन यताको निरन्तरको वर्षाले यसपाली बर्खे र भदौरे दुवै (भदौदेखि उत्पादन दिने) तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मंगलवारदेखि लगातार पानी पर्दै आएको छ । ‘तरकारीका बेला (लहरा)  पानीले गलाएर पँहेलिएका छन् , तरकारीका बोट पानीले सोत्तर बनाएर लडाएको छ’, जिल्लाको भंगाहा नगरपालिका–४ रामनगरका किसान गंगाराम महतो भन्छन्, ‘खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, अब तरकारीबाट आस मर्‍यो ।’ सधैंजसो भदौपछि लगालगी पर्ने चाडपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि तरकारीको हाहाकार नै हुने र मूल्य आकासिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ । लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै  बजारमा तरकारीको मूल्य आकासिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महँगाइको मारमा परेका छन् ।  लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त महँगो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीयतहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।   लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर,जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् । तरकारी बाली र सडक यातायातमा असजिलो बढेपनि असार मध्यसँगैको वर्षाले खेतका ग¥हा टन्न भरिदा पानी थामिएपछि धान रोप्न पाइने किसानको आश छ । तर यसअघि रोपिएको रोपो पानीले गलाउने र अबको रोपाइँका लागि बीउ अपुग हुनसक्ने चिन्ताले किसान पिरोलिएका छन् ।  जिल्लामा करीब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने भनिएपनि मौसमको प्रतिकूलताले यसपालि अहिलेसम्म एक चौथाई रोपाइँ पनि हुन सकेको छैन । हिउँदे धान भने साउन तेस्रो सातासम्म रोप्न सकिने हँुदा आत्तिहाल्नु पर्ने गरी समय नसिद्धिएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरका विज्ञले बताएका छन् । रासस