डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । गए रातिकाे भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी […]
The post पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर...
बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ […]
अविरल वर्षापछि घर भत्किँदा डोटीमा दुईजनाको मृत्यु भएको छ। सोमबार राती जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौवा नगरदह डोटीले जनाएको छ।...
काठमाडौं : डोटीमा वर्षाले घर भत्किएर दाजुभाइको मृत्यु भएको छ। लगातारको वर्षाका कारण घर भत्किदा सायल गाउँपालिका–६ का वीरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर १४ वर्षीय सागर र ११ वर्षीय आशिषको मृत्यु भएको हो। एक जनाको शव निकालिएको र अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।
रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।...
पाल्पा – लगातारको वर्षाले घर भत्किँदा च्यापिएरशनिबारराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ। सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो। गम्भीर घाइते बालिकाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]
रुकुम पश्चिममा वर्षाले घर भत्किँदा एक बालिकको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकामा–७, डाँफे ज्यामिरेमा स्थानीय डण्डे कामीको ९ वर्षिया छोरी लालमती कामीको आज घर भत्किएर च्यापिँदा मृत्यु भएको हो । सुतिरहेको अवस्थामा घर भत्किएको र च्यापिएर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अन्य ३ जना भने ज्यान जोगाउन सफल भएका छन् ।बालिकाको शव पोष्टमार्टमका लागि नगर अस्पताल राडीमा ल्याइएको प्रहरीले जनाएको छ । &nbs