पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औँल्याएका छन् । आइतबार राजधानीमा मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा नेकपा एमाले प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेल यस्तो बताएका हुन् । नेकपा एमालेको सरकारले मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा छाडेर गए पनि वर्तमान पाँच दलीय गठवन्धनको सरकारले ध्वस्त पारेको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले अब हस्तक्षेप गर्ने बेला आएको बताए । यसो