दाङमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै : ११ महीनामा १८ हजारले गरे बीमा

मंसिर २३, काठमाडौं । सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।  उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महीनाको अवधिमा करीब १८ हजार जनाले स्वास्थ्य बीमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।  नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जानकारी दिएको छ । अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बीमामा आवद्ध गराउने लक्ष्य छ ।  रू. तीन हजार ५०० तिरेर बिमा गरेपछि वर्षभरमा रू. एक लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य रू. ७०० जम्मा गर्दै जाने र रू. दुई लाखसम्मको बीमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।  द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा शुरु गरेको छ । वडा कार्यालयले बुधवारदेखि बिमा शुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्तापरिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको हो ।  वडा नं १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ । पहिलो चरणमा ३३ जनाको स्वास्थ्य बीमा गर्न लागिएको छ ।  सरकारको निर्देशन अनुसार ज्येष्ठ नागरिक, क वर्गको अपांगता भएका व्यक्तिको परिवार, एचआइभी एड्स भएका व्यक्तिको परिवार, क्षयरोग भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । रासस

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, […]

रोशीमा निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।

स्वास्थ्य बीमा सुरु

काठमाडौँ,१४ फागुन । कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले […]

स्वास्थ्य बीमा गराउने बढे

काठमाडौँ,२ कार्तिक । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता […]

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन् । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,७ असार । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष […]

स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा

स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्बन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई  क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।

के स्वास्थ्य बीमा बोर्ड खारेज गर्न लागिएको हो? के हो यथार्थ?

स्वास्थ्य बीमा नेपालको लागि आवश्यक छ। यदी स्वास्थ्य बीमा फेल भयो या खारेज भयो भने स्वास्थ्य क्षेत्र ५० वर्ष उँभो लाग्दैन। स्वास्थ्य क्षेत्र ५० वर्ष पछाडि धकेलिन्छ। त्यसैले मलाई लाग्छ, सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्ने गल्ती गर्दैन।

पत्रकारका परिवारको स्वास्थ्य बीमा

पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ ।...