नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शनका लागि ३ सय ४३ विदेशी पर्यटकहरू हुम्ला सिमकोट भित्रिएका छन् । कैलाश मानसरोवर दर्शनका लागि ५ दिनयता नेपालगन्जबाट तारा एयरको जहाजमार्फत भारत, अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्ड‚ मोरोक्को, अस्ट्रेलिया, जर्मनीलगायत १२ भन्दा बढी मुलुकका पर्यटक भित्रिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।