कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ

१६ वैशाख, खजुरा (बाँके) । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर …

सम्बन्धित सामग्री

नेपालगन्जका होटल भरिभराउ

नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै बढेको छ । खास गरी भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेर त्यसको प्रचारप्रसार तीव्र पारिएकाले भारतीय पर्यटकहरू आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।

कोभिडपछि तेस्रो बर्ष मानसरोवर यात्रा प्रभावित

नेपालगञ्जका होटलहरुमा दुईवर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ हुन्थे ।