नेपाल टेलिकमले प्रदेश १ मा समेत आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ । एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने योजना अनुरूप कम्पनीले शुक्रबारदेखि प्रदेश १ मा समे यो सेवा सुरु गरेको हो ।
यो सेवा फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरूमा दशैँ पछाडि र तिहार अघि नै शुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण...