काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएसँगै अमेरिकी सहयोग परियोजना (एमसीसी) कसरी अगाडि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । अघिल्लो वर्षको तुलनामा केही छिटो गरी संसदको हिउँदे अधिवेशन बोलाउनुलाई पनि एमसीसी परियोजना अगाडि बढाउन खोजेको आशंका गरिएको छ । यही बेला काँग्रेसको नेतृत्वमा पुनः देउवा विजयी भएपछि यो परियोजनाबारे चासो बढेको हो ।देउवा प्रधानमन्त्री भएकै बेला २०७४ साल भदौ २९ गते ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे एमसीसी अनुदान सम्झौता भएको थियो । आफूले सम्झौता गरेको ठूलो धनराश