सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।एमालेले प्रदेशका मख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरीत नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरूलाई दबाब दिएको तथा ३ जना कर्मचारी