काठमाडौं : नेकपा एमालेको विभाजन रोक्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लचक भएका छन्। नेता माधवकुमार नेपाल समूहले पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने मागलाई सम्बोधन गर्दै एकता जोगाउन चाहना देखाएका छन्। नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको रुपान्तरण गर्ने माओवादी केन्द्रसँगको पार्टी एकता अघिकै संगठनलाई अगाडि बढाउने ओली सहमत भएका हुन्। असार १६ गतेको लागि बैठक बोलाएको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कम